यी हुन् भारतको होल्डमा रहेका १५ परियोजना (भिडियोसहित)

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख २८ शुक्रबार | प्रकाशित १०:४६:५७
यी हुन् भारतको होल्डमा रहेका १५ परियोजना (भिडियोसहित)

काठमाडौं । नेपालमा सबैभन्दा बढी लगानी गर्ने देश भारत हो । भारतले साना साना परियोजना देखि ठूल्ठूला परियोजनासम्ममा हात हालेको देखिन्छ । भारतले सडक निर्माणदेखि विद्युत परियोजना बनाउने सम्मको जिम्मा भारतले लिएको देखिन्छ ।

भारतले बनाउने जिम्मेवारी लिएका परियोजनाहरु लामो समयदेखि नबनाई त्यक्तिकै होल्डमा राखेको देखिन्छ । भारतको एउटा रणनीति नेपालका कुनै पनि परियोजनाहरु आफुभन्दा अन्य कुनै देशको कब्जामा नजाओस् भन्न चाहन्छ ।

त्यसको लागि उनले हरेक परियोजना आफ्नो जिम्मामा लिने र वर्षौसम्म त्यक्तिकै होल्ड गरेर बस्ने परिपाटी देखिएको छ । भारतले लामो समयदेखि नेपालका महत्वपूर्ण परियोजनाहरु ‘होल्ड’ गरेको तर समयमा नै सम्पन्न नगरेको आरोपको सामना गर्दै आएको छ । आरोपलाई पुष्टि गर्न कतिपय यस्ता परियोजनाहरु छन्, जो दुई दशकहुँदासम्म समेत प्रगती उन्मुख छैनन् ।

यस पक्षलाई विचार गरेर नै गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समयमा पुरान परियोजनाहरुलाई अगाडि बढाउने सम्बन्धमा एक संयन्त्र वनाउने सहमति भयो । सो अनुसार परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र नेपालस्थित भारतीय राजदुतले सो संयन्त्रको बैठक गर्ने सहमति समेत तय भयो ।

केही समयपछि सो संयन्त्रको वैठक बस्यो तर त्यसले निरन्तरता पाउन सकेन् । भारतले समयमा परियोजना सम्पन्न नगरेका कारण नै चीनलाई परियोजनाहरु दिनुपर्ने आवाज निरन्तर रुपमा उठिरहेको छ । त्यसैले पनि चीनले धमाधम परियोजनाहरु प्राप्त गरिरहेको छ । हामीले यहाँ विगत दुई वर्षदेखि भारतले सम्पन्न गर्न नसकेका केही परियोजनाहरुलाई प्रस्तुत गरेका छौंः

१) पन्चेश्वर बहुउद्धेश्यीय परियोजनाः
नेपाल र भारतको वीचमा २०५२ माघमा महाकाली सन्धी भयो । जस अनुसार पन्चेश्वर परियोजनालाई अगाडि बढाउने सहमति भयो । विजुली उत्पादनदेखि सिंचाईसम्मका परियोजनाहरु अहिलेसम्म कार्यान्वयन भएका छैनन् ।

गत वर्ष तत्कालिन प्रधानमन्धी शेरवहादुर देउवाको भारत भ्रमणको समयमा पन्चेश्वरलाई एक महिनाभित्र अगाडि बढाउन सहमति भयो तर अगाडि बढेन । नेपालको सिंचाईको लागि भारतले नहर वनाउने सहमति भएको थियो तर अगाडि वढेन । त्यसपछि प्रधानमन्त्री बनेको केपी ओली भारत भ्रमणमा जाँदा पञ्चेश्वरको विषयमा कुनै कुरा उठेन् । र अहिलेसम्म त्यक्तिकै थन्किएको छ ।

२) हुलाकी राजमार्गः
लामो समयदेखि हुलाकी राजमार्ग अगाडि बढ्न सकेको छैन । जग्गा लगायतका अन्य विषयहरु समाधान नभएका कारण अगाडि बढ्न नसकेको हो । विशेषत भारतीय पक्षको अनिच्छाका कारण अगाडि बढ्न नसकेको नेपाली पक्षको बुझाई रहेको छ ।

३) डुवानः
भारतले निर्माण गरेका विभिन्न संरचनाहरुका कारण नेपाली भुभागहरु लामो समयदेखि डुवानमा परिरहेका छन् । तर त्यसलाई समाधान गर्ने दुई दशकदेखिका प्रतिवद्धताहरु त्यतिकै थन्किएका छन् ।

४) माथिल्लो कर्णाली जलविद्युत परियोजनाः
विगत दुई दशकदेखि अगाडि बढ्न नसकेको विषय माथिल्लो जलविद्युत परियोजना पनि हो । ६ महिना अगाडि नै सो परियोजनाको आर्थिक विषयहरु समाधान हुनुपर्ने हो । तर त्यो अहिलेसम्म अगाडि बढ्न सकेको छैन् ।

५) पुलिस एकेडेमीः
काभ्रे जिल्लाको पनौतीमा पुलिस एकेडेमी बनाउने विषयमा दुई देशको बीचमा सहमति भएको धेरै पहिला हो । तर अहिलेसम्म सो परियोजना अगाडि बढ्न सकेको छैन् ।

६) पेट्रोलियम पाइप लाइनः
नेपाल र भारतको बचिमा लामो समयदेखि पेट्रोलियम पाइप लाइन बनाउने सम्बन्धमा गृहकार्य अगाडि बढेपनि त्यसका खासै प्रगति भएको छैन् । सो पाइपलाईन ढिलाई हुनुमा दुवै देशले एक अर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् ।

७) नौमुरे जलविद्युत आयोजनाः
राप्ती नदीमा नौमुरे जलविद्युत आयोजना बनाउन आज भन्दा १० बर्ष अगाडि नेपालले भारतलाई आग्रह गरेको थियो, जसमा भारत सैद्धान्तिक रुपमा सहमत समेत भएको थियो । तर अहिलेसम्म सो परियोजना अगाडि बढेको छैन ।

८) अरुण तेस्रो जलविद्युत परियोजनाः
भारतको लगानीमा अरुण तेस्रो जलविद्युत परियोजना वनाउने सहमति धेरै अगाडि भएपनि अहिलेसम्म त्यसमा कुनै पनि प्रगति भएको छैन् । अहिले नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्त रुपमा अरुण तेस्रोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

९) मध्य पहाडी लोकमार्गः
पछिल्लो समयमा मध्यपहाडी लोकमार्ग निर्माणमा केही प्रगती भएपनि सन्तोषजनक ढंगले यो परियोजना अगाडि बढ्न सकेको छैन् ।

१०) रेलवे परियोजनाहरुः
दुई देशको बीचको कनेक्टीभिटी अगाडि बढाउनको लागि बिभिन्न रेलवे लाइनहरुको विषयमा दुई देशको वीचमा विभिन्न समयमा सहमति भएपनि ती परियोजनाहरु सन्तोषजनक रुपले अगाडि बढेका छैनन् । नेपाल र भारतको वीचमा झण्डै चारवटा रेलवे लाइनहरुको विषयमा विगत केही वर्ष यता कुराकानी भईरहेको छ ।

११) पशुपतिमा धर्मशाला निर्माणः
पशुपति क्षेत्रमा भारतले धर्मशाला निर्माण गर्ने सहमति धेरै अगाडि भएपनि त्यसले गति लिन सकेको छैन् ।

१२) निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलः
दुई देशको बीचमा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सहमति भएपनि यसको प्रक्रिया अगाडी बढ्न सकेको छैन् ।

१३) महाकाली नदीमा मोटरेवल पुलः
महाकाली नदीमा मोटरेवल पुल निर्माण गर्ने सहमति धेरै अगाडि भएपनि यसमा खासै सहमति हुन सकेको छैन । पछिल्लो समय यसले केही गति लिएको छनक देखिएको छ ।

१४) गण्डक सम्झौता:
गण्डक सम्झौता अनुसार नेपालले पाउने सिंचाई सुविधाका लागि भारतले केही पूर्वाधारहरु बनाउनुपर्ने हो । तर त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन । यो विषय चाहिं नेपालले नै समयमा प्रस्ताव दिन नसक्दा ढिलाई भएको सरकारी अधिकारीहरुको गुनासो रहदै आएको छ ।

१५) थप एयररुट:
भारतसंग नेपालले आफुलाई थप एयररुट प्रदान गर्नका लागि आग्रह गरिरहेको छ । विगत १० वर्षदेखि यस विषयमा दुई देशको वीचमा लगातार वार्ताहरु भएपनि अहिलेसम्म कुनै पनि सहमति भएको छैन । नेपालले थप एयररुट प्राप्त नगर्दा हवाई क्षेत्रमा विभिन्न समस्याहरु उत्पन्न भईरहेका छन् ।

 

 

 

 

 

धेरै पढिएको