यी हुन् विश्वका भुताह सडक, जहाँ मृत्युसँग लड्नुपर्छ

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख २८ शुक्रबार | प्रकाशित १७:२६:०३
यी हुन् विश्वका भुताह सडक, जहाँ मृत्युसँग लड्नुपर्छ

एजेन्सी । तपाई आनन्दायक र रोमाञ्चक यात्रामा निस्नुभएको छ । त्यही सिलसिलामा राजमार्गमा अचानक भूत देखा पर्‍यो भने के गर्नुहुन्छ ? यहाँ त्यस्तै सडकको बारे चर्चा गरिएको छ, जहाँ भूतले तर्साउँछ ।

ए–७५ रोड, स्कटल्यान्ड


ए–७५ रोडलाई स्कटल्यान्डको प्रमूख सडकमा गणना गरिन्छ । यो सडकले अनान र ग्रेटना ग्रीनलाई आपसमा जोड्छ । केही मानिसहरु ठान्छन् कि स्कटल्यान्डको सडकहरु डरलाग्दो छ । त्यसमध्ये पनि यो सडक सबैभन्दा डरलाग्दो छ । स्थानीय मानिसहरुका अनुसार यो सडकमा डरलाग्दा दुर्घटनाहरु हुनेगर्छ । त्यही कारण सडकको मध्यतिरको स्थानलाई भुताह सडकको संज्ञा दिइएको छ ।

इ– एक्सप्रेस वे, मलेसिया
मलेसिया नेपालीको श्रम गन्तव्य । धेरै नेपाली मलेसिया पुगेका छन् । त्यही मुलुकको एउटा सडक हो, इ–एट एक्सप्रस वे । यसलाई मलेसियामा सबैभन्दा डरलाग्दो राजमार्ग मानिन्छ । कतिले दाबी के गर्छन् भने, यो सडक हुँदै रातको समयमा यात्रा गर्दा सडकमा अनौठो–अनौठो जीव देखापर्ने गर्छ ।

बेलचेन टनेल, स्विजरल्यान्ड
स्विजरल्यान्ड, आफैमा प्राकृतिक छटाहरुले सजिएको देश । हाम्रा नेताहरुले भाषणमा हरेक जसो दोहोर्‍याउँछन्, नेपाललाई पनि स्विजरल्यान्ड बनाउने भनेर । तर, त्यही मुलुकमा अविस्थत यो सुरुङमार्ग चाहि निकै डरलाग्दो छ । स्विजरल्यान्डको सबैभन्दा डरलाग्दो सडकमा यो सुरुङमार्गको गणना हुन्छ । के भनिन्छ भने, उक्त सुरुङमार्ग मुनी एक सेतो वस्त्रधारी महिलाको छाँया मडारिरहेको देखिन्छ । यसको सत्यता के हो, अहिलेसम्म खुलासा भएको छैन ।

ब्वाई स्कट लेन, अमेरिका
ब्वाई स्कट लेनलाई ‘डेड एन्ड रोड’ पनि भनिन्छ । यहाँ भुत सम्बन्धी केही कथाहरु प्रचलित छन् । स्थानीय मानिसका अनुसार उक्त सडक किनारको जंगलमा केही मानिसहरु क्याम्प ट्रिपमा आएका थिए । यो १९५०–६० को बीचको कुरा हो । तर, उनीहरुको हत्या भयो । त्यसपछि यस सडक डरलाग्दो सडकको रुपमा गणना भएको हो ।

क्लिटन रोड, अमेरिका
न्युजर्सीस्थित क्लिन्टन रोड विश्वकै सबैभन्दा डरलाग्दो मानिन्छ । के भनिन्छ भने, यहाँ भूत र खतरनाक जीवका कारण सधै जोखिमपूर्ण हुने गर्छ । यस सडकमा यस्तो दुर्घटना भइसकेको छ कि, जसको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन । त्यतिमात्र कहाँ हो र, रातको समयमा यस सडक हुँदै यात्रा गर्नु भनेको मृत्युलाई निमन्त्रणा गर्नु बराबर हो ।

शेड्स अफ डेथ रोड, अमेरिका
यस सडकको नाम सुन्दै मानिसहरु डराउँछन् । के भनिन्छ भने, यो सडकबाट यात्रा गर्दा ठूलै जोखिम मोल्नुपर्छ । किनभने यहाँ चोरी, डकैती र हत्याको सम्भावना अधिक हुन्छ । त्यतिमात्र कहाँ हो र ? यस सडकमा भूतप्रेतले समेत सताउने विश्वास गरिन्छ ।

एनि रोड, अमेरिका
अमेरिकाको यो सडकलाई भुताह मानिन्छ । केही समयअघि सडकको मध्यमा एक भूतले महिलाको हत्या गरेको पनि चर्चा बाहिर आएको थियो । त्यसैले यस सडकमा रात्रीकालिन यात्रा गर्नु जो कोही डराउँछन् ।

धेरै पढिएको