यी किसान जसले छोरीको विदाईको लागि हेलिकोप्टर मगाए

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख ३१ सोमबार | प्रकाशित १६:३०:०८
यी किसान जसले छोरीको विदाईको लागि हेलिकोप्टर मगाए

एजेन्सी । भारतमा एक किसानले आफ्नो छोरीलाई हेलिकोप्टरमा चढाएर विदाई गरेका छन् । उत्तर प्रदेशको भाँसी गाउँका किसान राकेश यादवले आफ्नो छोरीलाई हेलिकोप्टरमा चढाएर दुलाहको घर पठाएका हुन् ।

छोरीको सानै देखिको इच्छा अनुसार विवाहमा हेलिकोप्टरमा चढाएर दुलाहको घर पठाएको किसान राकेशले बताए । आफ्नो घरभन्दा ६ किलोमिटरको दूरीमा रहेका बेहुलाको घरमा उनले छोरीलाई हेलिकोप्टरबाट पठाएका हुन् ।

छोरीको बचपनदेखिको सपना अनुसार आफुले हेलिकोप्टर चढाएर पठाएको बताए । छोरीको बचनपन देखिको सपना अनुसार उनको विवाहको डोली हेलिकोप्टरबाट उठाएका हुन् । अर्को अचम्मको कुरा त के भने दुलही शिरदेखि पाउँसम्म सुनका गहनाले सजिएकी थिईन् ।

 

धेरै पढिएको