smart doko

वयस्क फिल्ममा जस्तो वास्तविक जीवनमा हुदैंन

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख ३१ सोमबार | प्रकाशित १८:४८:५९
वयस्क फिल्ममा जस्तो वास्तविक जीवनमा हुदैंन

वयस्क फिल्म हेरेका धेरै युवायुवती आफ्नो वास्तविक यौन जीवन पनि सोही फिल्ममा देखाईएको जस्तै होस् भन्ने कल्पना गर्छन् । युवा जोशको अवस्थामा आउने यस्ता किसिमका कल्पनालाई आफ्नो वास्तविक जीवनमा उतार्न नसक्दा धेरैको बैवाहिक र भावनात्मक सम्बन्ध बिग्री रहेको हुन्छ । यस्ता फिल्महरुमा धेरै अवास्तविक कार्यहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको हुन्छ जून कुरा तपाई आफ्नो पार्टनरवाट वास्तविक जीवनमा प्राप्त गर्न नै सक्नुहुन्न । यस्तो अवस्थामा धेरै जोडीहरु निराश हुने गरेका छन् । तर तपाई वयस्क फिल्म हेरेर आफ्नो जीवन पनि त्यस्तै हुन सकेन भनेर निराश नहुनु होला । हामी यस्ता फिल्ममा कस्ता कस्ता हुन नसक्ने दृष्यहरु राखेका हुन्छन् त्यसको वारेमा बताउनेछौं ।

जति खेर पनि शारीरिक सम्बन्धको पक्षमा देखिनु
यदी तपाईले बयष्क फिल्म (पोर्न मूभी) हेर्नु भएको छ भने त्यहाँ देखाईने कलाकारहरुको ध्याउन्न जति खेर पनि शारीरिक सम्बन्ध राख्न तयार भएको अवस्थामा देखाइन्छ । त्यसैले तपाईले पनि आफुलाई यस्तै किसिमले वास्तविक जीवनमा कहिल्यै पनि सक्रिय राख्न सक्नुहुन्न । यदी तपाईले पनि यस्तै किसिमको ब्यवहार देखाउनु भयो भने तपाईको भएको सम्बन्धमा समस्या आउन सक्छ । त्यसैले सम्बन्धमा यौन कार्य आवश्यक भएपनि अति हुनु भनेको बेफाइदाजनक हो भन्ने कुरा बुझ्नु पर्छ ।

आकर्षक शरीर
बयस्क फिल्ममा अभिनय गर्ने कलाकारहरुको शरीरको बनावट तपाई हामीको वास्तविक शरीर भन्दा धेरै नै फरक रहेको हुन्छ । तर हामी कल्पना के गर्छौ भने आफ्नो पार्टनरको स्तन, तिघ्रा, पुठ्ठा र यौनाङ त्यस्तै होस् भन्ठान्छौं । वास्तविक जीवनमा भेटिने पार्टनरको शरीरको बनावट फिल्ममा जस्तो नहुदा निराश पनि हुन्छौं । वयस्क फिल्म हेरेर यस्तै किसिमको शरीर होस् भन्ने कल्पना गर्ने ब्यक्ति नै गलत हो । किनकी यस्ता चलचित्रमा अभिनय गर्ने कलाकारहरुले दर्शकलाई आकर्षित गर्न विभिन्न किसिमको प्लाष्टिक सर्जरी गरेर संवेदनशिल अंगहरुलाई सामान्य भन्दा ठुलो र आकर्षक बनाइरहेका हुन्छन् ।

जति खेर पनि चरमोत्कर्समा पुग्ने
बयस्क फिल्मका दृष्यमा महिला कलाकार शारीरिक सम्बन्धको अगाडी देखि नै चरमोत्कर्समा पुगेको देखाईन्छ । शारीरिक सम्बन्धको नियमित प्रकृयामा यो क्षण आउछ नै भन्न पनि सकिदैन । तर फिल्ममा कलाकारले देखाएको जस्तो लगातार आउने चरमोत्कर्स बास्तविक जीवनमा कहिल्यै आउदैन ।

लामो समयको सम्बन्ध
स्वस्थ ब्यक्तिको यौन सम्बन्ध सामान्यतया १५ मिनेटको हुन्छ कोही कोहीको धेरै भएमा ३० मिनेटसम्म हुनसक्छ । औसतमा हेर्ने हो भने शारीरिक सम्बन्ध राखेको ५ मिनेट जतिमै पुरुष स्खलित भैसकेको हुन्छ । तर बयस्क फिल्ममा भने यौनसम्बन्धको समयलाई निकै लामो समय देखाउने गरिएको हुन्छ । यस्ता दृष्य धेरै पटक र धेरै दिन लगाएर खिचेको हुनाले फिल्ममा देखाईने यौन सम्बन्धको अवधि लामो देखिन गएको हो ।

मुख मैथुनको प्रकृया नगरौं
बयस्क फिल्ममा मुख मैथुनलाई धेरै किसिमले देखाईने गरिन्छ । यस्तो किसिमको कार्य वास्तविक जीवनमा गर्दा आफ्नो पार्टनरको श्वास प्रश्वास क्रिया अबरुद्ध पनि हुन सक्छ । मुख मैथुन गर्दा धेरै किसिमको संक्रमण हुने सम्भावना पनि हुने हुदाँ आफ्नो पर्टनरलाई फिल्ममा जस्तै विर्य सेवन गर्न वा मुखमा विर्य स्खलित गर्न दवाव दिनु हुदैंन ।

अवास्तविक दृष्य
बयस्क फिल्ममा धेरै दृष्यहरु दर्शकलाई कौतुहल बनाउने किसिमले तयार पारिएको हुन्छ । जस्तो घरमा धारा बनाउन आउने प्लम्बर, अस्पतालको नर्स, पढाउने शिक्षिका आदी जस्ता संग क्षणभरमै शारीरिक सम्बन्ध राखेको । यस्ता दृष्यहरु देखेर वास्तविक जीवनमा पनि कुनै आकर्षक ब्यक्तिलाई देखेर प्रयास गरेमा नराम्रो सजाय पाउन सकिन्छ ।

धेरै पढिएको