ट्रेसेम्मे प्रेजेन्ट दलजित सुदान फेसन रनवे २०१८ हुने (भिडियोसहित)

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख ३१ सोमबार | प्रकाशित १९:४६:३८
ट्रेसेम्मे प्रेजेन्ट दलजित सुदान फेसन रनवे २०१८ हुने (भिडियोसहित)

काठमाडौं । ट्रेसेम्मे प्रेजेन्ट दलजित सुदान फेसन रनवे २०१८ हुने भएको छ । नेपालका सुप्रसिद्ध फेसन डिजाइनर दलजित सुदानले आफ्ना पछिल्लो संकलनहरु समेटेर आगामी मे २५ मा क्राउन प्लाजाको रोज गार्डेन थिएटरमा प्रर्दशनी गर्न लागेका हुन् ।

महिनौंको मिहेनतबाट तयार भएको यो प्रर्दशनीका कपडाहरु ‘जफ्रानको जादू’ बाट प्रेरित छन् । अति सुन्दर अलौकिक डिजाइनहरु बनाउँदै आएकी दलजित विगत ८ वर्षदेखि नेपाली फेसन उद्योगमा छिन् ।

जफ्रान कश्मिरमा हुर्कने केसरको एक प्रजाती हो जसलको सुकेको डाँठ केसरको मसला बनाउन प्रयोग गरिन्छ । केसरको फूलको यही बहुमुल्य र आध्यात्मिक गुणबाट प्रभावित भएर दजलितले आफ्ना पहिरनको रंग, रुपांकन र मौलिकताबाट सापट लिएको दलजितले बताइन ।

दलजितको मुल रहेको भारतको जम्मू कश्मीरमा सबैभन्दा बढी केसर उब्जाईन्छ । दलजितले आफ्नो शील्पकारीताले कस्मीरि कला, लेखन र हाते कलामा विभिन्न परिक्षण गर्दै आएकी छन् ।

यो संकलन परम्परागत र समकालिनको समिश्रण भएको दलजितको भनाई छ । यसमा हाते श्रम र नेपाल, भारत, इटाली र जापानबाट लिईएको धागोको प्रयोग गरिएको छ ।

आफ्नो स्परुपमा आत्मविश्वास गर्न चाहने महिलाहरुसँग जोडिएको ब्राण्ड ‘ट्रेसेम्मे’ यो प्रर्दशनिको प्रमुख आयोजनक हो । टाटा नेक्सन र डाबर स्पेशल सह–आयोजक रहेको रहेको प्रर्दशनीमा कतार एयरवेजले पनि सहयोग गरेको छ ।

नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गर्ने प्रर्दशनीमा १९२ लामो कलात्मक स्टेज रहनेछ । नेपालकै सबैभन्दा ठूलो फेसन शो मा आस्था पोखरेल, नग्मा श्रेष्ठ, सबिता कार्की लगायत २४ व्यवसायी तथा चर्चित मोडल र्‍याम्पमा उत्रिनेछन् । जसमा १६ केटी र ८ केटा मोडल रहनेछन् । दलजितले आफ्नो सिल्प सिर्जनालाई टीजीआईएफ नेपाल फेसन सप्ताह लगायतका मन्चहरुमा देखाईसकेकी छन् ।

धेरै पढिएको