smart doko

चोटग्रस्त नेइमारलाई समेट्दै ब्राजिलद्धारा विश्वकप फुटबलका लागि टोलीको घोषणा

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ १ मंगलवार | प्रकाशित १३:२४:१४
चोटग्रस्त नेइमारलाई समेट्दै ब्राजिलद्धारा विश्वकप फुटबलका लागि टोलीको घोषणा

काठमाडौं । ब्राजिलले विश्वकप फुटबलका लागि अन्तिम टोलीको घोषणा गरेको छ । ब्राजिलले विश्वकपको लागि चोटग्रस्ट नेइमारलाई समेटेको छ । ब्राजिलको स्क्वाडमा ६ जना प्रिमियर लिग क्लबबाट खेल्ने खेलाडी छनौट हुँदा चार जना म्यानचेस्टर सिटीका छन् ।

प्रशिक्षक टिटेले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमारसहित २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन । फ्रेन्च लिगका क्रममा घाइते भएका २६ वर्षीय नेइमारको खुट्टाको शल्यक्रिया गरिएको छ । हाल रिकभरीको क्रममा रहेका नेइमार रुस विश्वकपसम्म फिट हुने अपेक्षा गरिएको छ । नेइमारसँगै ब्राजिलको अग्रपंक्ति गाब्रिएल जिसस, रोबर्टो फिरमिनो र टेइसनले सम्हाल्ने छन् ।

डेनिलो, मार्सेलो, फिलिप लुइस, थिएगो सिल्भा, क्यासिमेरो, फर्नान्डिन्हो, पाउलिन्हो, फिलिप कोटिन्हो, विलियनले पनि विश्वकप खेल्ने ब्राजिलको टोलीमा परेका छन् । टिटेले आफ्नो स्क्वाडमा तीन जना ब्राजिलियन क्लबबाट खेल्ने खेलाडी समावेश गरेका छन् । डानी आल्भेसले भने चोटग्रस्त हुदै विश्वकप गुमाएका छन् । टिटे सामु विश्वकपमा गुमेको ब्राजिलको साख फिर्ता ल्याउनु पर्ने जिम्मेवारी रहेको छ ।

घरेलु मैदानमा अघिल्लो पटक भएको विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ब्राजिल सात एक गोलले पराजित भएको थियो । समूह बी मा रहेको ब्राजिलसँगै स्वीट्जरल्यान्ड, कोस्टारिका र सर्बिया छन । ब्राजिलले समूह चरणको पहिलो खेल १७ जुनमा स्वीट्जरल्यान्डसँग खेल्नेछ ।

 

fasttrack
धेरै पढिएको