smart doko

भर्जिनसँग शारीरिक सम्पर्क गर्न मनाही, यस्तो छ विश्वका अनौठो कानुन

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ १ मंगलवार | प्रकाशित १५:४९:१०
भर्जिनसँग शारीरिक सम्पर्क गर्न मनाही, यस्तो छ विश्वका अनौठो कानुन

विश्वका हरेक देशको आ–आफ्नै कानुन हुन्छ । राज्यको सुरक्षा र न्याय प्रणालीलाई बलियो बनाउन यस्ता कानुन बनाउने गरिन्छ, जो राज्यको अनुकुल हुन्छ । तर कतिपय कानुन यस्ता हुन्छन्, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ ।

हामीले अनुमान नै नगरेका कानुनी व्यवस्था समेत विश्वमा विद्यमान छन् । ओकलाहोमा यदि कुनै कुकुरलाई चलाउनु वा रिस उठाउनु अपराध मानिन्छ । त्यस्तो गर्ने प्रयास मात्र गरियो भने हिरासतमा जानुपर्ने हुन्छ ।

– ऊटाहको फुटपाथमा पेपर ब्यागमा भाइलिन बोक्नु गैरकानुनी हो ।

– सन फ्रान्सिस्को सडक किनारमा घोडाको खाद ६ फिटभन्दा अग्लो राख्नु गैरकानुनी हो ।

– टेक्सासको देवोनमा अर्धनग्न भएर फर्निचर बनाउनु कानुनको विरुद्ध हो ।

– मोन्टानाको बोजमैनमा कानुनतः सूर्यअस्त पछि घरको आँगनमा कुनैपनि किसिमको यौन गतिविधि प्रतिवन्ध छ ।

– क्यालिफोर्नियामा ड्राइभर बिनाको गाडी ६० मिल प्रतिघण्टा भन्दा बढी रफ्तारमा कुदाउन गैर कानुनी मानिन्छ ।

– फ्लोरिडामा सार्वजनिक रुपमा पुरुषले स्ट्रेपलेस गाउन लगाउन प्रतिवन्धित छ । यस्तो गरेमा उनीमाथि जरिवाना हुनसक्छ ।

– दक्षिण क्यारोलीनामा आइतबारको दिन अदालत भवनको बाहिर महिलालाई कुट्न गैरकानुनी मानिन्छ ।

– टेनेसीमा यदि गाडी कुदाइरहेको बेला सुतियो भने, कानुन तोड्नेको भागिदार हुनुपर्छ ।

– न्युर्योकमा छतमा कुदियो भने मृत्युदण्डको सजाय हुनसक्छ ।

– पेन्सिलभेनियामा डलरलाई धागोले बाँध्नु गैरकानुनी मानिन्छ ।

– न्यूर्योकको रेष्टुरेन्टमा स्यान्डविचलाई ‘कन्र्ड बिफ स्यान्डबिच’ भन्न गैरकानुनी मानिन्छ ।

– वशिङटनमा कुनैपनि परिस्थितीमा भर्जिनसँग यौनसम्पर्क गर्नु गैरकानुनी मानिन्छ । यसमा सुहागरात पनि सामेल छ ।

– स्विजरल्यान्डमा राती १० बजेपछि पुरुषहरु सिधा उभिएर रिल्याक्स गर्नु गैर कानुनी हो ।

– फ्लोरिडामा आइतबार ६ बजेपछि सार्वजनिक स्थानमा पाद्नु गैरकानुनी हो ।

– इन्डियानामा बार्बी डललाई पुरुषको कपडा लगाइदिनु कानुन बिपरित हो ।

fasttrack
धेरै पढिएको