smart doko

टोयोटाले नयाँ पिंढीका लागि काठको कार ल्याउने ? (फोटो फिचर)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ १ मंगलवार | प्रकाशित १६:५१:३८
टोयोटाले नयाँ पिंढीका लागि काठको कार ल्याउने ? (फोटो फिचर)

विश्वकै लोकप्रि अटोमोवाइल कम्पनीमध्येका एक मानिन्छ टोयोटा । यो कम्पनीले निर्माण गर्ने गाडी बलिया, आकर्षक मात्र होइन, उत्तिकै महंगा पनि छन् । अब टोयोटाले नयाँ पिंढीका लागि कस्तो कार निर्माण गर्छन् होला ? पक्कैपनि द्रुत गतिको, आकर्षक डिजाइनको, सुरक्षित, आरमदायक कार निर्माण गर्छ । तर यस्तो सोच्नुभयो भने तपाईको अनुमान फेल खान्छ ।

किनभने टोयोटाले नयाँ पिंढीका लागि भनेर यस्तो कारको अवधारणा सार्वजनिक गरिसकेको छ, जो परम्परागत ढंगले निर्माण गरिएको छ । त्यो कार देख्दा त्यहीबेलाको याद आउनसक्छ, जतिबेला हामी काठको सामाग्री प्रयोग गर्ने युगमा थियौं ।

हो, टोयोटाले नयाँ पुस्ताको लागि भनेर एउटा कारको अवधारणा सार्वजनिक गरिसकेको छ । सत्सुना नामको यो कारण विद्युतिय हो । तर यसको खास विशेषता भनेको विद्युतिय नभई काठबाट निर्मित हो । सत्सुना नामको यो कार पुरै काठले निर्माण गरिएको छ ।

कन्सेप्ट कारको रुपमा निर्माण गरिएको यो कारको डिजाइन वोट र जापानमा ट्रेडिसनल वुडन वर्कले गरेको थियो । यसलाई वनाउनका लागि कुनै किसिमको नटको प्रयोग गरिएको छैन । यसको लम्वाइ ९ सय ७० एमएम छ ।

यसमा इलेक्ट्रिक मोटर लगाइएको छ । सिटिङ एरेजमेन्ट पनि एकदम राम्रो छ । यसमा दुई जना आरमसाथ वस्न सक्छन् । यस कार वनाउनका निम्ती निकै अभ्यास गर्नुपरेको कम्पनीले जनाएको छ । टोयोटाले यो कार वनाउनका लागि अनेक किसिमको काठ र कन्सेप्ट कार डिजाइन गरेका थिए ।

 

fasttrack
धेरै पढिएको