विश्वकप फुटबल, अब ३० दिन बाँकी

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ १ मंगलवार | प्रकाशित १७:२१:५७
विश्वकप फुटबल, अब ३० दिन बाँकी

काठमाडौं । विश्वको सबैभन्दा प्रतिष्ठित खेल प्रतियोगिता विश्वकप फुटबलको २१ औं संस्करण शुरुहुन अब एक महिना बाँकी छ । आउँदो जून १४ बाट रुसमा विश्व फुटबलको महाकूम्भ मेला शुरु हुदैछ ।

सन् २००६ मा जर्मनीपछि यूरोप र पूर्वी यूरोपले आयोजना गर्न लागेको यो पहिलो विश्वकप हो । यसपटक पनि विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ, जसमा ६४ खेलहरु हुनेछन् ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप खेलेका मध्ये २० टोली यसपटक पनि रुसी विश्वकपमा भिड्दैछन् । त्यस्तै, आइसल्याण्ड र पानामा ईतिहासमै पहिलो पटक विश्वकपमा सहभागि हुँदैछन् । जर्मनी विश्वकप फुटबलको डिफेण्डिङ च्याम्पियन मुलुक हो ।

रुसले विश्वकपलाई थप भब्य बनाउन विभिन्न ११ शहरका १२ रङशालामा खेलको आयोजना गर्दैछ । विश्वकपको उद्घाटन र फाइनल खेल राजधानी मस्कोस्थित लूजनीकि रङशालामा हुँदैछ, जसको दर्शक क्षमता ८१ हजारको रहेको छ ।

यस पटकको विश्वकपमा विश्वभरबाट ५० लाख टिकटको माग आएको छ । जसमध्ये २५ लाख टिकको माग रुसभित्रैबाट रहेको छ ।

विश्वकप २०१८ मा क्षेत्रगत सहभागिता
एशिया (५ टोली)
अष्ट्रेलिया
ईरान
जापान
दक्षिण कोरिया
साउदी अरेबीया

यूरोप (१४ टोली)
बेल्जियम
क्रोएशिया
डेनमार्क
ईङल्याण्ड
फ्रान्स
जर्मनी
आइसल्याण्ड
पोल्याण्ड
पोर्चुगल
रुस
सर्बिया
स्पेन
स्विडेन
स्विजरल्याण्ड

अफ्रिका(५ टोली)
ईजिप्ट
मोरोक्को
नाइजेरिया
सेनेगल
ट्युनेसिया

कोन्ककाफ (३ टोली)
कोष्टारिका
मेक्सिको
पानामा

दक्षिण अमेरिका (५टोली)
अर्जेन्टिना
ब्राजिल
कोलम्बिया
पेरु
उरुग्वे

 

धेरै पढिएको