चर्चामा रहेका सन्दीप किन आए फेसबुक लाइभ ? (भिडियोसहित)

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ १ मंगलवार | प्रकाशित १७:२६:१६
चर्चामा रहेका सन्दीप किन आए फेसबुक लाइभ ? (भिडियोसहित)

काठमाडौं । नेपाल युवा क्रिकेटर सन्दीप लामिछाने यतिबेला चर्चामा रहेका छन् । इण्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका सन्दीप मंगलबार दिल्लीकै फेसबुक पेजबाट लाइभ आएका छन् ।

दिल्ली फेसबुक कभर दिल्ली फेसबुक कभर फोटोमा स्थान पाएका सन्दीप दिल्लीको फेसबुक पेज मार्फत लाइभ आएका हुन् । दिल्लीले पनि सन्दीपको फोटो आफ्नो पेज कभरमा राख्दै आगामी खेलका लागि पहिलो रोजाइमा पर्ने लेखिएको छ ।

दिल्लीले १८ मेमा चेन्नार्इ सुपर किङ्ससँग खेल्दैछ । भारतीय राष्ट्रिय टिमका पूर्व कप्तान महेन्द्र धोनी बिरूद्ध उत्रिनु अघि दिल्लीले सन्दीपलाई उनका फ्यानसामु लाइभ उतारेको हो । लाइभमा सन्दीपले आफ्ना फ्यानका प्रश्नको जवाफ दिएका थिए ।

लाइभमा आउँदै सन्दीपले भनेका छन्, “मेरो प्राथमिकता भनेको नेपाली क्रिकेट टिम हो । नेपालको गेम हुँदा पहिलो प्राथमिकता भनेको नेशन नै हुन्छ । सबैभन्दा माथि नेपाल नै राख्छु । नेपाली क्रिकेटका लागि आगामी दिनमा राम्रो गर्ने कोसिस गर्नेछु ।”

सन्दीपले अगाडि भने, “हामी सबैले कडा प्ररिश्रम गरेका छौं । डिल्ली डेयर डेभिल्सका सबै सदस्यलाई धन्यवाद भन्न चाहन्छु मलाई छनोट गरेकोमा । सबै कुराहरू राम्ररी नै अघि बढिरहेको छ तरपनि हामीले खेलहरू हार्यौं । तैपनि यहाँ केही कुराहरू सकारात्मक पनि भएका छन् ।”

फेसबुक फ्यानको प्रश्नको उत्तर दिँदै सन्दीपले नेपाल र भारतको पिचमा फरक रहेको हुँदा आफूलाई घुलमिल हुन समय लागेको बताए । सन्दीपले भने, “भारतको पिच र नेपालको पिचमा अलिकति फरक हुँदो रहेछ । टर्नहरु चाहिँ नेपालको पिचमा धेरै हुन्छ । त्यसले गर्दा यहाँ घुलमिल गर्न अलिक समय लाग्छ ।”

सन्दीपले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गरेका थिए । सन्दीपले आफ्नो डेब्यु खेलमा नै अन्य बलरले भन्दा उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका थिए ।

धेरै पढिएको