smart doko

सिंहदरबारको अधिकार गाउँमा, चुनावी नारा मात्रै

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित ०८:१७:०८
सिंहदरबारको अधिकार गाउँमा, चुनावी नारा मात्रै

काठमाडौं

स्थानीय सरकार गठन भएको झन्डै एक वर्ष पुगेको छ । दुई दशक सम्म जनप्रतिनिधिविहीन स्थानीयतह गठन हुँदा जनताले थुप्रै अपेक्षा राखेका थिए । तर गत वर्ष निर्वाचन मार्फत आएका जनप्रतिनिधिको कामकाज आशातीत र सन्तोषप्रद हुन नसकेको गुनासो चुलिएको छ ।

निर्वाचन अघि र त्यसपछि जनप्रतिनिधिले दिएका आश्वासनले नागरिक निकै उत्साहित र खुसी भए । लामो समयपछि स्थानीयतहले निर्वाचित प्रतिनिधि पाउँदा तीव्र गतिले गाउँठाउँको विकास हुने गहिरो विश्वास उनीहरूमा थियो । तर ती पदाधिकारीको वर्ष दिनको कार्य शैली अहिले नागरिकका लागि अरुचिकर बनेको छ । जनप्रतिनिधिमा आश्वासन पूरा गर्ने जाँगर र तत्परताको अभाव भएको जनताको बुझाइ छ ।

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल स्थानीय तहको चुनाव हुँदा भनिएको सिंहदरबार घरघरमा आउँछ भन्ने उक्ति अनुसार अहिले काम हुन नसकेको बताउँछन् । ‘स्थानीय सरकार भनेर भनियो । त्यही सरकार घरघरमा आउँछ र त्यसले विकासको मूल फुटाउँछ भन्ने सन्देश फैलाइयो,’ उनले भने, ‘तर नेता र विजयी भएर गएका पदाधिकारीले भने जस्तो सिंहदरबार घरघरमा आएको अनुभूति जनताले गरेका छैनन ।’
नागरिकबाट

fasttrack
धेरै पढिएको