अब नेपालमा महिलाले बिहे नगरे पनि आमा बन्न पाउने !

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १२:०९:५६
अब नेपालमा महिलाले बिहे नगरे पनि आमा बन्न पाउने !

काठमाडौं । अब नेपालमा पनि महिलाले बिहे नगरे पनि आमा बन्न पाउने भएका छन् । संविधानमा उपलब्ध महिलाको प्रजनन हक अन्तर्गतको अधिकारलाई सुरक्षित गर्दै महिलालाई बिहे नगरेर पनि आमा बन्न पाउने भएको हो । यसको लागि नेपाल कानुन आयोगमा विधेयक निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

यसको लागि स्वास्थ्य मन्त्रालयले तयारी गरिरहेको छ । यो विधेयक स्वास्थ्य मन्त्रालयले महिलाहरुसँगको परामर्शमा तयार पारेको हो । अहिलेसम्म नेपालमा विवाह गरेर पनि आफ्नो इच्छाबिना यौनसम्पर्क राखे त्यसलाई बलात्कार मान्ने कानुन छ ।

बच्चा जन्माउन बिहे गर्नैपर्ने कानुनी व्यवस्थाको अन्त्य गर्दै नयाँ कानून प्रतिस्थापन गर्न लागिएको हो । 'अहिले नेपालको संविधानको धारा ३८ को उपधारा २ मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ' भनि व्यवस्था गरिएको छ । यहि धारालाई टेकेर स्वास्थ्य मन्त्रालयले बिहे नगरेर पनि महिलालाई आफ्नो प्रजजन अधिकारको सुनिश्चितता गर्न लागिएको नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले जानकारी दिए ।

यस्तो विधेयकको मस्यौदाः
महिलाको प्रजजन अधिकारका विषयमा बन्न लागेको कानुनको विधेयकमा सन्तान जन्माउने/नजन्माउने, गर्भान्तर र सन्तानको संख्या निर्धारण गर्ने अधिकार महिलालाई हुने भनिएको छ । ‘प्रत्येक महिलालाई गर्भवती हुने वा नहुने र गर्भ रहेमा शिशु जन्माउने वा नजन्माउने, गर्भान्तर र सन्तानको संख्या निर्णय गर्ने अधिकार हुनेछ ।’

नियमको विरुद्धमा जानेलाई १ लाख जरिवाना तथा ६ महिना कैदः
यो ऐनले महिलाको प्रजनन अधिकारलाई सुनिश्चित गर्न खोजिएको छ । महिलाले आफ्नो ईच्छा अनुसार बच्चा जन्माउन पाउने नपाउने लगायतका अधिकार दिईएको छ । यसको विरुद्धमा जानेलाई १ लाख रुपैयाँ सम्म जरिवाना तथा ६ महिना जेल सजायको व्यवस्था गरेको छ ।

मस्यौदामा भनिएका छ, ‘यो ऐन र यसअन्तर्गत बनेका नियमहरुको बर्सिलाप हुने कम गर्ने गराउने व्यक्ति तथा संस्थालाई तथा एक लाखसम्म जरिवाना र ६ महिनासम्म कैद सजाय हुनेछ ।’

 

धेरै पढिएको