smart doko

ओलीसँग छलफलपछि माओवादीले बोलायो आकस्मिक बैठक

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १३:१८:०८
ओलीसँग छलफलपछि माओवादीले बोलायो आकस्मिक बैठक

काठमाडौं । माओवादी केन्द्रले आकस्मिक रुपमा पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि आकस्मिक रुपमा कार्यालयको विस्तारित बैठक बोलाएका हुन् ।

बैठक अध्यक्ष निवास खुमलटारमा आज अपराहन्न ४ बजे बस्नेछ । यसअघि एमालेले पनि पार्टी एकताका विषयमा छलफल गर्न आजै अपराहन्न ४ बजे स्थायी समितिको बैठक बोलाएको छ ।

बुधबार दुई पार्टीका अध्यक्षबीच भएको छलफलपछि भोली पार्टी एकता संयोजन समितिको बैठक पनि बोलाईएको छ । भोली बिहान १० बजे बस्ने बैठकले पार्टी एकताको मिति तय गर्ने बताईएको छ ।

यो पनि पढ्नुहोस्ः

ओली-प्रचण्डले बोलाए एकता संयोजन समितिको बैठक, पार्टी एकताको अन्तिम प्रयास

fasttrack
धेरै पढिएको