हस्तमैथुन विरुद्धको अभियानः एक युवाको यस्तो अनुभव

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १३:४७:१०
हस्तमैथुन विरुद्धको अभियानः एक युवाको यस्तो अनुभव

हस्तमैथुनबारे विभिन्न धारणा समाजमा व्याप्त छ । कसैले यसलाई हानिरहित भनेका छन् भने कसैले यसबाट हानी हुने बताउँदै आएका छन् । कसैले यसलाई प्राकृतिक प्रक्रिया मानेका छन् भने कसैले यसलाई मानसिक विकार । हस्तमैथुनको सम्बन्धमा चिकित्सक, मनोविज्ञहरुको धारणा पनि आपसमा बाझिएका छन् ।

यसैबीचमा अहिले हस्तमैथुन गर्न नहुने पक्षमा युवाहरु जागेका छन् । हस्तमैथुनलाई उनीहरुले मानसिक अपराधको संज्ञा दिएका छन् । यसमा अनलाइनमार्फत विश्वका युवाहरु जुट्दैछन् । यो अनलाइन आन्दोलनको नाम नो–फेप हो ।

यो यस्तो आन्दोलन हो, जसले अश्लिल सामाग्री नहेर्न र हस्तमैथुन नगर्न प्रेरित गर्छ । यसै सन्दर्भमा एक युवाले आफ्नो अनुभव सुनाएका थिए । १९ बर्षदेखि पोर्न फिल्मको लत लागेका उनले कसरी यसबाट आफुलाई छुटाए भन्ने कुरा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मलाई याद छ कि, जब म १४ बर्षको थिएँ, तब इन्टरनेटमा भित्री बस्त्र खोज्दै आपत्तिजनक तस्वीरसम्म पुगें ।’

उनी यस्तो हालतमा पुगिसकेका थिए कि, जतिबेला पनि एक्लो ठाउँ चाहिने र जब त्यस्तो अनुकुलता मिल्छ, अश्लिल कुरामा ध्यान जाने गरेको उनको अनुभव छ । ‘जतिबेला पनि म कोठामा एक्लो हुन्थें । र, मौका मिल्नसाथ पोर्न फिल्म हेर्न थाल्थें’ उनले अगाडि थपेका छन्, ‘पछि मलाई चिन्ता हुन थाल्यो कि, म पोर्न फिल्मको लतमा फस्दैछु । म हिनताबोधले ग्रस्त हुँदै गएँ ।’

उनी युवतीहरुको सामुमा पर्न सक्दैनथे । इन्टरनेटमा अश्लिल सामाग्री हेरेर हस्तमैथुन गर्थे । २० औं बर्षको जन्मदिन मनाइरहँदा भने उनले भित्रभित्रै हस्तमैथुन छाड्ने प्रण गरिरहेका थिए । यो निर्णय जटिल भएपनि उनले आफ्नो निर्णय बदलेनन् ।

‘मेरी आमा आध्यात्मिक पुस्तक पढ्नुहुन्थ्यो, म लुकाएर उनको पुस्तक पढ्थे’ उनले भनेका छन्, ‘म ध्यान गर्न थालें । यसले यौन क्रियाकलापमा संयम हुन सिकायो ।’
नोफाप आन्दोलनले ९० दिनसम्म हस्तमैथुन नगर्न वाकलत गर्छ ।

उनले यसको बारेमा पहिलो पटक एक टेड टकमा सुनेका थिए, जसले पोर्नले दिमागमा पर्ने असरबारे थियो । यसमा पोर्नको लत र लागुऔषधको लत एकै किसिमको हो भन्ने तर्क थियो । यसका साथै पोर्न सामाग्रीको आशक्तिले पुरुष यौनाङ्गमा समेत असर पर्ने बताइएको थियो ।

‘म जुन हिसाबले आफुलाई परिवर्तन गर्ने कोसिसमा थिएँ’ उनले भनेका छन्, ‘ठिक त्यसैगरी इन्टरनेटमा युवाहरुको अभियान छेडिएको रहेछ । उनीहरुसँग जोडिन पाउँदा म उत्साहित थिएँ ।’
स्रोतः एजेन्सी

धेरै पढिएको