smart doko

फौजदारी अभियोग लागेका सांसद् बचाउने पक्षमा कांग्रेस

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १४:५८:२८
फौजदारी अभियोग लागेका सांसद् बचाउने पक्षमा कांग्रेस

काठमाडौं । फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न नहुने कांग्रेसले अडान लिएको छ । कांग्रेसको उक्त अडानपछि नियमावली संसद्मा पेश नै हुन सकेन् । कांग्रेसले निलम्बन भन्ने शब्द हटाउनुपर्ने अडान राखेको छ ।

उक्त नियमावलीमा फौजदारी अभियोग लागेका सांसद् स्वतः निलम्बन हुने प्रावधान राखिएको थियो । उक्त निलम्बन भन्ने शब्द नहटाए संसद् अवरुद्ध पार्ने कांग्रेसले चेतावनी दिएपछि पेश हुन नसकेको हो ।

आजको कार्यव्यवस्था परामर्शमा कांग्रेसले त्यो निलम्बन भन्ने शब्द नहटाए प्रतिपक्षीको रुप देखाउने चेतावनी दिएको थियो । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले नियमावली संशोधनको विषयमा कडा आपत्ति प्रकट गरेका थिए। एमालेले नियतवस सांसद्लाई निलम्बन गर्नेगरी नियमावली अगाडि बढाएको भन्दै आफुहरुले विरोध गरेको उनले बताए ।

कांग्रेसले सदन अवरुद्ध गर्नसक्ने बताएकाले नियमावली पेश गर्ने कार्यक्रम स्थगित गरिएको हो । संसदले आजको कार्यसूचीमा राखेको भए पनि अन्तिममा नियमावली पेश गर्ने सूची हटाएको थियो।

फौजदारी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् निलम्बन गर्ने विषयमा एमाले र माओवादी केन्द्रबीच सहमति भएसँगै आज प्रतिनिधिसभा नियमावली पारित प्रक्रिया अघि बढ्ने तयारीमा थियो।

यसअघि कांग्रेस र मधेसवादी दलहरुको बिरोधपछि निमायवली मस्यौदा समितिले निलम्बन शब्द नराखी सेवा सुविधा र सांसदको हैसियतमा काम गर्न नपाउने व्यवस्था गरेको थियो । तर, एमाले सांसदहरुले कुनै पनि सांसद फौजदारी अभियोगमा पक्राउ परेपछि स्वतः निलम्बन हुनुपर्ने भन्दै संशोधन हालेका थिए ।

 

fasttrack
धेरै पढिएको