smart doko

फेसबुकले ३ महिनामा ५८ करोड अकाउन्ट हटायो

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १५:५१:३९
फेसबुकले ३ महिनामा ५८ करोड अकाउन्ट हटायो

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले पछिल्लो तीन महिनामा नै ५८ करोड तीस लाख अकाउन्ट हटाएको छ। समाजिक प्रतिस्ठामा खलल पर्ने खालका तथा आपत्तिजनक पोष्टहरु हटाएको हो ।

समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न नसकेको आरोप खेप्दै आएको फेसबुकले सुधार अभियान थालेको हो । यो अभियान अन्तर्गत फेसबुकले नयाँ वर्ष २०१८ को तीन महिनामा ८६ करोड ५० लाखभन्दा बढी पोस्टहरू पनि हटाएको छ ।

हिंसा फैलाउने, आतंकवादी गतिविधिसँग सम्बन्धित, अश्लिलता झल्काउने किसिमका तस्बिर प्लेटफर्मबाट हटाइएको फेसबुकले जनाएको छ । त्यस्तै फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका २०० वटा एप्स पनि हटाएको छ । यी एपबाट प्रयोगकर्ताको निजी डाटा गलत रूपमा प्रयोग हुने खतरा रहेको कम्पनीको भनाइ छ।

केही समयअघि फेसबुकले आफ्नो प्लेटफर्ममा के–के पोस्ट गर्न नमिल्ने भन्ने सूची नै जारी गरेको थियो। जसअनुसार कुनै पनि नग्न तस्बिर, हिंसा र आक्रोश फैलाउने, आतंकवादी गतिविधिलाई बढावा दिने जस्ता पोस्ट नगर्न बताएको थियो।

फेसबुकको मापदण्डभन्दा बाहिर गएर पोस्ट गर्नेको अकाउन्ट बिना जानकारी डिलिट वा ब्लक हुन सक्नेछ।

 

fasttrack
धेरै पढिएको