smart doko

आईसीसी विश्व ११ मा परे सन्दीप लामिछाने, वेष्टइन्डिजविरुद्ध खेल्ने

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १६:२४:४५
आईसीसी विश्व ११ मा परे सन्दीप लामिछाने, वेष्टइन्डिजविरुद्ध खेल्ने

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आईसीसी विश्व ११ मा परेका छन् । व्यक्तिगत कारण देखाउँदै बंगलादेशका सकिल अल हसनले नाम फिर्ता लिएपछि सन्दीपले ऐतिहासिक मौका पाएका हुन् । अब सन्दीपले वेष्ट इन्डिजविरुद्ध खेल्नेछन् । मे २१ अर्थात जेठ १७ गते इंग्ल्याण्डको लर्डसमा हुने खेलका आइसिसीले वेस्ट इन्डिजबाहेकका देशबाट खेलाडी छानेको हो।

सन्दीप खेल्ने टिमको कप्तानी इंग्ल्याण्डका सीमित ओभरका कप्तान इयोन मोर्गनले गर्नेछन्। टोलीका अन्य सदस्यमा भारतका दिनेश कार्तिक र हार्दिक पाण्डेया, पाकिस्तानका साहिद अफ्रिदी र स्वेएब मलिक, बंगलादेशका तमिम इक्बाल, श्रीलंकाका थिसरा परेरा, न्यूजिल्याण्ड ल्युक रंकी र मिचेल मेकक्लेनेघन र अफगानिस्तानका रसिद खान छन्।

त्यस्तै वेस्ट इन्डिजको टोली क्रिश गेल, आन्द्रे रसेल, मार्लोन स्याम्युएल्स, कार्लोस ब्रेथवेट, एविन लेविस, स्याम्युल बद्री लगायत छन्। गत वर्ष गएको आँधीका कारण क्यारेवियन राष्ट्रहरूमा क्षति भएका रंगशालाको पुनर्निर्माणका लागि स्रोत जुटाउन खेल आयोजना गरिएको हो।

 

fasttrack
धेरै पढिएको