smart doko

मेगा बैंकले हप्तादिनमा ८ शाखा विस्तार गर्यो

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १७:३९:०
मेगा बैंकले हप्तादिनमा ८ शाखा विस्तार गर्यो

मेगा बैंक लिमिटेडले देशका विभिन्न तीन स्थानमा नयाँ शाखा खोलेको छ । बैंकिङ पहुँच बाहिर रहेकाहरुलाई अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले तनहुँ, स्याङ्जा र धनुषामा नयाँ शाखा खोलेको हो ।

तनहुँ जिल्लाको भानु नगरपालिका, स्याङजाको भीरकोट नगरपालिका र धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

स्याङजा र धनुषामा यसअघि नै मेगा बैंकका शाखा छन् भने तनहुँमा पहिलोपटक शाखा विस्तार गरिएको हो । एक सातामा मेगा बैंकका ८ वटा शाखाहरु थप भएका छन् ।

गत साता पाँचथरको कुमायक, सिन्धुपाल्चोकको इन्द्रावती, इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा विस्तार गरिएको थियो ।

मेगा बैंकका देशभर ९१ शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।

fasttrack
धेरै पढिएको