smart doko

कान्सको रेड कार्पेटमा यी अभिनेत्री खाली खुट्टा हिडेपछि...

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १७:४८:११
कान्सको रेड कार्पेटमा यी अभिनेत्री खाली खुट्टा हिडेपछि...

एजेन्सी । फ्रान्समा जारी कान्स फिल्म फेस्टिबलमा एक अभिनेत्री रेड कार्पेटमा खाली खुट्टा हिँडेकी छन् । ७१ औँ कान्स फिल्म फेस्टिबलमा निर्णायक मण्डलकी सदस्य समेत अभिनेत्री क्रिस्टिन स्टेवार्ट रेड कार्पेटमा खाली खुट्टा हिँडेकी हुन् । उनी खाली खुट्टा हिडेको समाचार यतिबेला भाईरल भईरहेको छ । 

एजेन्सी । चलचित्र‘ ट्वीलाइट’ की अभिनेत्री क्रिस्टिन ‘ब्ल्याकलान्स’ चलचित्रको प्रिमियरको लागि हिल्स लगाएर उपस्थित भएकी थिइन् । जब उनी ‘स्पीक ली’ चलचित्रको लागि भित्र प्रवेश गर्दे थिइन् उनलाई भर्‍याङ चढ्दा असजिलो महसुस भयो र हिल फुकालिन् अनि खाली खुट्टा हिँड्न थालिन्।

क्रिस्टिनले रेड कार्पेटमा खाली खुट्टा हिँड्दै कान्स फिल्म फेस्टिबलमा हिल्स अनिवार्य लाउनुपर्ने नियमलाई तोडेकी छिन्। क्रिस्टिनले हिल्स लाउनैपर्ने रेड कार्पेटको नियमको विरोध गर्दे भनेकी छिन् ‘यदि तपाईले कुनै पुरुषलाई हिल्स नलगाउ भन्न सक्नुहुन्न भने मलार्ई पनि नभन्नुस्।’

सन् २०१५ मा केही फिल्मकर्मीहरुलाई रेड कार्पेटमा फ्ल्याट सुज लगाएकै कारण फर्काइएको थियो । त्यस नियमका विरुद्ध धेरै फिल्मकर्मीहरुले बोलेका थिए जसमा ब्रिटिस अभिनेत्री इमिली ब्लन्टले त्यो नियमलाई ‘एकदम आश्चर्यजनक’ रहेको बताएकी थिइन्।

 

fasttrack
धेरै पढिएको