जो बाबु हराएको विमान खोज्न गए तर एक्लो छोराको लाश लिएर फर्किए

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १९:०१:११
जो बाबु हराएको विमान खोज्न गए तर एक्लो छोराको लाश लिएर फर्किए

काठमाडौं । बुधबार दुर्घटनाग्रस्त मकालु एयरको ‘नाइन एन एजेयु’ विमान खोज्न मृतक को-पाइलटका बाबु आफै गएको हुम्ला गएका खुल्न आएको छ । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो विमान खार्जुनाथ गाउँपालिका २ बाहुन खर्कमा दुर्घटनामा परेको थियो ।

उक्त विमानमा रहेका पाइलट ललितपुर मानभवन घर भएका ५४ वर्षीय किरण भट्टराई र को-पाइलट ललितपुर चाकुपाटका ३० वर्षीय आदित्य नेपाल (नेपाली) को ज्यान गएको छ । दुर्घटना हुनुअघि विमान वेपत्ता भएको भनिएको थियो ।

जहाज सम्पर्कविहीन भएपछि को-पाइलट आदित्यका पाइलट बुबा फिजोनाथ नेपाली हेलिकप्टर लिएर बिहानै छोरालाई खोज्न सिमकोट पुगेका थिए । फिजोनाथ मकालु एयरका कार्यकारी अध्यक्ष हुन्। आदित्य उनको एक्ला छोरा हुन् ।

आफैं पनि पाइलट भएकाले उनी छोराको खोजी गर्न आफ्नै दुईवटा हेलिकप्टर लिएर उडेका थिए। पछि जहाज हुम्लाको खार्पुनाथ गाउँपालिका बामखर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेका थियो ।

पाइलटद्वय किरण र आदित्यको शव सिम्रिक एयरको जहाजले काठमाडौं ल्याएको छ । छोराको खोजीमा हुम्ला पुगेका बाबु फिजोनाथ लगत्तै शिक्षण अस्पताल फर्किएका थिए।

अनुभवी पाइलट भट्टराईः
भट्टराई नेपालका अनुभवी पाइलटमध्येका एक थिए । उनले अहिलेसम्म सिंगल र डबल इन्जिन गरेर सात हजार घन्टा उडान भरिसकेका थिए । भट्टराई पेशाप्रति वफादार, शालिन र मिलनसार थिए । उनी गत सेप्टेम्बरदेखि मकालु एयरमा आबद्ध भएको मकालु एयरका जनरल म्यानेजर बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै को-पाइलट आदित्यले करिब २२ सय घन्टा जहाज उडाइसकेका थिए। सिंगल इन्जिन जहाजको पाइलट नै भए पनि उनी को-पाइलटको भूमिकामा काम गर्दै आएका थिए। ३० वर्षीय आदित्य गत अगस्तदेखि मकालु एयरमा आबद्ध थिए।

ललितपुरले एकैपटक गुमायो दुई पाइलटः
दुर्घटनाग्रस्त मकालु एयरका पाइलट र को पाइलट दुवै ललितपुर निवासी हुन् । पाइलट भट्टराई ललितपुरको मानभवन घर भएका र को-पाइलट ललितपुर चाकुपाट घर भएका हुन् । दुई पाइलट गुमाएपछि यतिबेला ललितपुर शोकमग्न बनेको छ ।

धेरै पढिएको