smart doko

लुट फिल्मका निर्मातासहित ६ जना नक्कली नेपाली नोटसहित पक्राउ (भिडियोमा)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १९:१२:४५
लुट फिल्मका निर्मातासहित ६ जना नक्कली नेपाली नोटसहित पक्राउ (भिडियोमा)

काठमाडौं ।

प्रहरी परिसर काठमाडौंले एक फिल्म निर्मातासहित ६ जनालाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ । राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली नोट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा फिल्म निर्माता माधवराज वाग्ले, छापाखानाका सञ्चालकहरु प्रकाश सुवेदी र विकेश नापित तथा सुर्खेत घर भई कमलपोखरी बस्ने २४ वर्षीय महेन्द्र बोगटी, सिन्धुली घर भई ललितपुरको लुभू बस्ने २४ वर्षीय सुजित तामाङ र १९ वर्षीय साजन तामाङ रहेका छन् । वाग्ले ’लुट’ र ’चंगाचेट’ फिल्मका निर्माता हुन् ।

प्रकाश सुवेदी बागबजारस्थित नवज्योति प्रिन्टिङ प्रेसका सञ्चालक र विकेश नापित जय भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक हुन् । सुवेदीले नक्कली नोट छाप्न नापितको छापाखानालाई दिएपछि नोटहरु छापिएको प्रहरीले जनाएको छ । सुवेदीको छापाखानाबाट नक्कली नोट बनाउन प्रयोग गरिएको चार थान प्लेट पनि बरामद गरिएको छ ।

मित्रनगरको एक खाजाघरमा बोगटीले खाजा खाएर पैसा तिर्दा दिएको नोट नक्कली भएको आशंकामा खाजाघर सञ्चालकले खबर गरेपछि महानगर प्रहरी प्रभाग गोंगबुबाट गएको टोलीले उनीसँग सोधपुछ र खानतलासी गरेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

fasttrack
धेरै पढिएको