smart doko

सडक नबनाउने ठेकेदारलाई जेल हाल्न गृहमन्त्रीको निर्देशन

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १९:३०:२२
सडक नबनाउने ठेकेदारलाई जेल हाल्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सडक नबनाउने ठेकेदारलाई जेल हाल्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । विभिन्न वाहनामा सडक आयोजनाहरु बनाउन आनाकानी गर्ने ठेकेदारहरुलाई जेल हाल्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री थापाले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारहरुको सूची बनाउन समेत निर्देशन दिएका छन् । सरोकारवाला सरकारी अधिकारीहरुलाई आफ्नो मन्त्रालयमा बोलाएर गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् ।

गृहमन्त्रीको निर्देशन पाउनेहरुमा मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौं, ललितपुर महानगरपालिका मेयर, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख रहेको उनीहरुसँगको बैठकमा गृहमन्त्री बादलले सडक र ट्राफिक व्यवस्थापनबारे यसअघि भएका निर्णयहरुलाई कार्यान्वयन गर्न भनेका छन् ।

निर्णय कार्यान्वयन फितलो देखिएको भन्दै गृहमन्त्रीले असन्तुष्टि जनाएका छन् । सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारहरुको सूची बनाउन भन्दै थापाले भने, ‘त्यस्ता ठेकेदारहरुको सूची बनाएर सच्चिन अल्मिेटम दिनुहोस्, अल्टिमेटम दिएको समयभित्र पनि सच्चिएनन् भने जेल हाल्नुहोस् ।’

 

fasttrack
धेरै पढिएको