भारतीय किताव पढाउने झापाको एक बोर्डिङमा युवा संघद्धारा तालाबन्दी

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित १९:४१:०५
भारतीय किताव पढाउने झापाको एक बोर्डिङमा युवा संघद्धारा तालाबन्दी

झापा । युवा संघ नेपालले झापामा रहेको सूर्योदय बोर्डिङ स्कुलमा तालाबन्दी गरेको छ । नेपालको राष्ट्रियतामाथि गम्भिर आघात पु¥याउँदै भारतीय भारतीय राष्ट्रियताको पुस्तक पढाएको भन्दै दमक नगरपालिका ६ मा रहेको सूर्योदय बोर्डिङ स्कुलमा युवा संघले तालाबन्दी गरेको हो । विद्यालयलाई कारवाहीको लागि दवाव दिन युवा संघले तालाबन्दी गरेको जनाएको छ ।

भारतीय प्रकाशनको पाठ्यपुस्तक पढाउने र भारतको झण्डा र राजधानीलाई हाम्रो हो भन्दै राष्ट्रियता माथि धावा बोलेको भन्दै तालाबन्दी गरिएको युवा संघका जिल्ला अध्यक्ष शम्भु भण्डारीले जानकारी दिए । विद्यालयले विद्यार्थीलाई हाम्रो देश भारत हो ।

नयाँ दिल्ली देशको राजधानी हो । भारतीय झण्डा हाम्रो मुलुकको राष्ट्रिय झण्डा हो भन्दै पढाउने गरेको थियो । त्यस्तै भारतका नेता र मन्त्रीहरुलाई हाम्रो देशको भन्दै विद्यार्थीलाई गलत शिक्षा दिइरहेका थिए ।

भारतको पूर्व राष्ट्रपति प्रणब मुखर्जीलाई हाम्रो देशको राष्ट्रपति तथा नरेन्द्र मोदीलाई हाम्रो देशको प्रधानमन्त्री भन्दै विद्यार्थीलाई गलत शिक्षा दिएको पाइए पछि विद्यालयमा ताला लगाइएको हो ।

 

धेरै पढिएको