smart doko

एमाले माओवादीबीच यसरी मिल्यो भागवण्डा

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २ बुधबार | प्रकाशित २०:१६:५४
एमाले माओवादीबीच यसरी मिल्यो भागवण्डा

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच भागवण्डा मिलाईएको छ । पार्टी एकता पछि केन्द्रिय समदस्यमा कुन पार्टीबाट कति सदस्य हुने भन्ने विषयमा सहमति भएको स्रोतले बतायो ।

एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टी ४ सय ४१ सदस्य रहेको हुनेछ । जसमा एमालेबाट २२१ र माओवादीबाट २०० जना केन्द्रिय समितिमा रहनेछन् । त्यसैगरि ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने बताइएको छ ।

पार्टी एकताको बिहीबार मदन आश्रति स्मृति दिवसको अवसर पारेर बल्खुमा घोषणा गरेपछि बिहीबार नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी पनि छ । चुनाव चिहृन सूर्य नै राख्ने सहमति भएको छ ।

fasttrack
धेरै पढिएको