smart doko

एभरेष्ट बैंकको नुवाकोटमा दुई नयाँ शाखा विस्तार

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ १३ आईतवार | प्रकाशित १४:११:५३
एभरेष्ट बैंकको नुवाकोटमा दुई नयाँ शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंकले नुवाकोटको दुप्चेश्वर र बट्टारमा नयाँ शाखा खोलेको छ । नयाँ खोलिएको बट्टार शाखाको उद्घाटन बिदुर नगरपालिकाका मेयर सन्जु पन्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे ।

उक्त कार्यक्रममा बिदुर नगरपालिकाका उपमेयर गिताकुमारी दाहाल, प्रहरी नायब उपरीक्षक नरहरि रेग्मी, नेपाली सेनाका मेजर प्रेमनारायण श्रेष्ठ तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

यसैगरि दुप्चेश्वर शाखाको उद्घाटन दुप्चेश्वर गाउँँ पालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङ्ग र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे ।

 

धेरै पढिएको