suv

मोटोपनलाई खाएरै घटाउने उपायहरु

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ १९ शनिबार | प्रकाशित १८:४१:३९
मोटोपनलाई खाएरै घटाउने उपायहरु

मोटोपनले धेरैलाई आफ्नो पर्सनालिटी घटेको महसुस हुने गर्छ । मोटोपनमा देखिने सबैभन्दा नराम्रो पक्ष भनेकै पेट बाहिर आउनु हो । मोटोपनको मुख्य कारण खानपानको सहि सन्तुलन नहुनु र अनियमित जिवनशैली नै हो ।

मोटोपनले नराम्रो देखाउनु एकातर्फको समस्या हो भने अर्को तर्फ मोटो मानिस तुलनात्मक रुपमा छरितो पनि हुन सकिरहेका हुदैंनन् । कतिपय मोटोपन रोगको कारण हुने गर्छ भने कतिपय निरोगी मानिस पनि मोटो भैरहेका हुन्छन् ।

शरीरको मोटोपन घटाउन धेरै किसिमका उपायहरु रहेका छन् । सबैभन्दा उत्तम उपाय भनेको नियमित कसरत, योग र ब्यायाम गर्नु नै हो । तर मोटो मानिसलाई यि काम गर्न पनि निकै झन्झटिलो हुने गर्छ । यस्तो अवस्थामा केही प्राकृतिक खानेकुराहरु पनि छन् । जसको नियमित सेवनले तपाईले आफ्नो मोटोपनलाई धेरै हदसम्म कम गर्न सक्नुहुन्छ ।

भेजिटेवल जूस:
हामीले खाने तरकारीमा धेरै किसिमको पौष्टिक पदार्थहरु रहेका हुन्छन् । तरकारीहरुमा भिटामिन, एंटिअक्सिडेन्ट, मिनरलको मात्रा बढी हुन्छ । यस्ता पदार्थहरुले हाम्रो शरीरलाई स्वस्थ बनाउनुका साथै हाम्रो शरीरमा रहेका बोसोको मात्रालाई घटाउन पनि मद्धत गर्छ । तरकारीका जूसहरुले हाम्रो शरीरलाई तत्काल शक्ति पैदा गर्छ भने यसले भोकलाई पनि शान्त बनाउछ । एक अनुमान अनुसार एक गिलास भेजिटेबल जूसले शरीरको १३५ क्यालोरी बर्न गर्छ भन्ने रहेको छ ।

नरिवलको जूस:
नरिवलको जूसमा अरु पेय पदार्थमा भन्दा बढी इलेक्ट्रोलाईट्स हुनेगर्छ । जून पेय पदार्थमा जति बढी इलेक्ट्रोलाईट्स हुन्छ उत्ति त्यसले शरीरलाई हाईड्रेस राख्छ । नरिवलको पानीमा कुनै किसिमको मिलावट नहुने र यसले शरीरलाई लामो समयसम्म सक्रिय राख्ने हुनाले पनि तपाईलाई यसको जूसले तौल कम गराउन मद्धत गर्छ ।

ग्रिन टी:
ग्रिन टीका फाइदाहरुका वारेमा तपाई निकै नै जानकार हुनुहुन्छ होला । ग्रिन टिमा शरीरको मेटाबोलिजमलाई सक्रिय गराउने काम गर्छ । यसको सक्रियता जति बढी हुन्छ शरीरको वजन पनि सोही अनुपातमा घट्दै जान्छ । अरु चिया पिउनुको तुलनामा ग्रिन टी पिएर शरीरको तौललाई ४३ प्रतिशतसम्म घटाउन सकिने बिशेषज्ञहरुले बताएका छन् ।