डरलाग्दो चाइल्ड एब्युज, तपाईका छोराछोरी सुरक्षित त छन ?

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २२ मंगलवार | प्रकाशित १५:१३:११
डरलाग्दो चाइल्ड एब्युज, तपाईका छोराछोरी सुरक्षित त छन ?

बालबालिकाहरु आफुमाथि भइरहेको यौनजन्य दुव्र्यवहारको प्रतिकार गर्न सक्दैनन् । त्यस्ता कुरालाई कसरी व्यक्त गर्ने भन्ने पनि थाहा हुँदैन । तर त्यसले उनीहरुलाई भित्रभित्रै पिरोलिइरहेको हुन्छ । यही कारणमा उनीहरुमा उदासिनता बढ्छ ।

उनीहरु दुखी हुने, निरास हुने गर्छन् । जबकी यसबारे आमाबुवा एवं परिवकारका अन्य सदस्यलाई केही पनि थाहा भएकै हुँदैन । यता बच्चाहरु मानसिक रुपमा प्रताडित भइरहेकै हुन्छ । अन्तत यसले उनीहरुलाई चिन्तित बनाउँछ । डिप्रेसनको अवस्थामा समेत पु-याउने खतरा हुन्छ ।

खासगरी बालिकामाथि यस्ता दूव्र्यवहार हुने पाइएको छ । घरभित्र वा विद्यालयमा उनीहरुमाथि शारीरिक तथा मानसिक हिंसा हुने गर्छ । हेर्दा बाहिर यसको असर देखिदैन । तर भित्री रुपमा यो निकै डरलाग्दो हुन्छ ।

उमेर पुगेका केटा, वयस्क वा बुढाहरुले बच्चालाई खेलाउने निहँुमा सुमसुम्याउने गर्छन् । संवेदनसिल अंगहरु खेलाइदिने गर्छन् । त्यतीमात्र होइन, उनीहरुमाथि इमोशनल व्ल्याकमेलिङ पनि भइरहेको हुन्छ । यसरी नियतबस बालबालिकामाथि गरिने कुनैपनि शारीरिक तथा मानसिक व्यवहारको नतिजा भने निकै घातक हुनसक्छ ।

अध्ययनहरुमा के देखिएको छ भने चाइल्ड एब्युज गर्नेमा ९० प्रतिशत अपराधी निकट वा सन्बन्धित र नजिकका व्यक्ति हुन्छद्धन् । यसमा इष्टमित्र, परिवार, शिक्षक, ट्युसन शिक्षक, बेबी सिटर, भरपर्दो साथी हुनसक्छन् । ३० देखि ४० प्रतिशत बच्चा परिवारकै सदस्यबाट एब्यिूजिङको शिकार हुन्छन् ।

चाइल्ड अब्युजका शिकार भएका बच्चाहरु साथी तथा सामान्य गतिविधीबाट टाढा रहन्छन् खेलकुदमा सहभागी हुँदैनन् । एक्लै बस्न रुचाउँछन् । उनीहरुको बानीमा परिवर्तन आउन सक्छ ।

यदि बच्चालाई आफन्त, नातेदार, चिनेजानेका व्यक्तिले कुनै हिसाबले नियन्त्रण गर्ने, चिढ्याउने, हिंस्रक धम्की दिने जस्ता ब्यवहार गर्न सक्छन् । यसलाई डोमेस्टिक एब्युज भनिन्छ । यस्ता व्यक्तिले बच्चामाथि इमोशनल, फिजिकल, सेक्सुअल, फाइनान्सियल वा मनोवैज्ञानिक एब्युज गर्न सक्छन् ।

कसैले बच्चासँग यौनको विषयमा खुला चर्चा, यौनसँग जोडिएको गतिविधि गर्छ भने यसमा सावधान हुनुपर्छ । बच्चामाथि नजानिदो हिसाबले यौनजन्य कृत्य गरिन सक्छ । यहि नै हो सेक्सुअल एब्युज ।

fasttrack
धेरै पढिएको