smart doko

जहाँ १२ रुपैयाँ किलो कपडा पाइन्छ, कति सस्तो बजार ?

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २३ बुधबार | प्रकाशित १३:३९:०८
जहाँ १२ रुपैयाँ किलो कपडा पाइन्छ, कति सस्तो बजार ?

एउटा कपडाको मूल्य कति पर्छ ? दुई सय रुपैयाँ । पाँच सय रुपैयाँ । पन्ध्र सय रुपैयाँ । कम्तिमा पनि डेढ सय रुपैयाँ त पर्छ नै । सबैभन्दा सस्तो कपडा पनि सय, डेढ सय खर्च नगरी खरिद गर्न सकिदैन ।

तर यस्तो पनि बजार छ, जहाँ प्रति थान होइन, किलोको हिसाबले कपडा पाइन्छ । त्यो पनि महंगोमा हो र ? अति सस्तोमा । पत्याउन गाह्रो पर्छ, तर भारतको राजधानी दिल्लीस्थित आजाद मार्केटमा कौडीको भाउमा कपडा खरिद गर्न पाइन्छ । शिवाजी रोडको आसपासमा यस्तो बजार फेला पर्छ । यहाँ जिन्सदेखि ज्याकेटसम्मको कपडा सस्तो मूल्यमा खरिद गर्न पाइन्छ ।

इो कपडा किन यति धेरै सस्तो भयो होला ? यसको कारण हो, यहाँ सेकेन्ड ह्यान्ड कपडाको कारोबार हुन्छ । यहाँको पसलमा कपडा सजाइएको हुन्छ, जसलाई १० रुपैयाँदेखि ५० रुपैयाँ भारुसम्ममा बन्डलमा खरिद गर्न सकिन्छ । साथै यहाँ कति कपडा किलोको भाउमा मिल्छन ।

यस बजारको हरेक पसलमा भिन्न भिन्नै मूल्यदर हुन्छ । कपडालाई जतिपनि बार्गेनिङ गरेर खरिद गर्न सकिन्छ । तर, खरिद गर्नुअघि एकपटक खोलेर हेर्नुपर्छ । कपडा सग्लो नहुन पनि सक्छ ।

धेरै पढिएको