smart doko

एनएमबि बैंकले पायो अर्को गौरवपूर्ण सम्मान 

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २४ बिहीबार | प्रकाशित १९:१२:२४
एनएमबि बैंकले पायो अर्को गौरवपूर्ण सम्मान 

आठौआइ एफ सी ट्रेड अवार्ड मा एनएमबि बैंकले "Best Issuing Bank Partner in Fragile Countries - 2017- South Asia” अवार्डबाट सम्मानित भएको छ । नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक हो । Global Trade Finance Program 2017 मा बैकले गरेको सहकार्यका लागि  Regional Financial Institutions Group, IFC sf Head – Asia & Pacific, Mr. Vittorio Di Bello ले एनएमबि बैंकका सीइओ सुनिल के सी लाई सो अवार्ड प्रदान गरेका छन् ।

आइ एफ सी ट्रेड अवार्ड प्राप्तिले एनएमबि बैकको अन्र्तराष्ट्रिय सम्बन्ध तथा अन्र्तराष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्न सक्ने ठुलो व्यापार लगानी क्षमतालाई उद्घोष गरेको छ । एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला ब्यावसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाब हुने गरी काम गरिरहेको जारी पे्रस विज्ञप्तीमा उल्लेख गरिएको छ  ।

आइ एफ सी ट्रेड अवार्ड को प्राप्ती सँगै यस बर्ष एनएमबि बैकले हाल सम्म ३ चर्चित अन्र्तराष्ट्रिय अवार्ड हात पारेको छ ।  जसमा The Bank of the Year 2017 - The Financial Times, London / Certificate of Merit – Frost and Sullivan समेत रहेको छ ।

धेरै पढिएको