smart doko

शेयर ब्यबसायीलाई अर्थमन्त्रीको दरिलो दनक

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २५ शुक्रबार | प्रकाशित १४:२७:४०
शेयर ब्यबसायीलाई अर्थमन्त्रीको दरिलो दनक

अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार र शेयर ब्यबसायीबारे मुख खोलेका छन् । मन्त्री खतिवडाले सबै कम्पनीहरुले नियामक निकायको निर्देशन र आदेशको पालना गर्नुपर्नेमा जोड दिएका छन ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको २६ औं बाषिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले नियामकको निर्देशनको पालना नगरे आराजकता आउने बताए । उनले नियामकको पनि नियमन गर्ने निकाय रहेको स्मरण गराउदै सबैलाई आफ्नो कर्तब्य पुरा गर्न आग्रह गरे । मन्त्री खतिवडाले नियामकको अनुमति बिना कुनै पनि कारोबार नगर्न पनि सबैलाई सचेत गराएका छन् । युनिटि प्रकरण नाबिर्सेको बताउदै मन्त्री खतिवडाले नियामकको अनुमति बिना कारोबार गरे फेरी खतरा निम्तने बताएका हुन् ।

उनले कतिपय समयमा लगानीकर्तामा शेयरबजार अपत्यरिलो शक्तिले परिचालन गरेको हो कि भन्ने आभाष हुने गरेको बताउदै त्यस्तो नहोस भन्ने आफ्नो चाहना रहेको बताए । उनले लगानीकर्तामा सूचना विश्लेषण गर्ने क्षमता नहुँदा यस्तो आभाष हुने गरको समेत बताए । साथै उनले अप्रत्यसित कारोबार नहोस भन्नको लागि नियामकले काम गर्नु पर्ने दोहोर्याए ।

साथै मन्त्री खतिवडाले अनलाइन ट्रेडिङ छिट्टै आउनु पर्ने, तथा सीडीएससीलाई अपग्रेड गर्दै थप ब्यबस्थित र भरपर्दो बनाउनु पर्ने बताए । मन्त्री खतिवडाले प्राथमिक बजार र दोस्रो बजारलाई पनि बलियो बनाउनु पर्ने धारणा राखे । उनले दोस्रो बजार बलियो नभए अईपियो समेत बिक्रि नहुने अवस्था आउनेमा चिन्ता व्यक्त गरे ।

सरकार सेयर बजारबाट पूँजीको निमार्ण गर्न लागिरहेको बताउदै उनले ऋणपत्र पनि पूँजीबजारमा प्रवेश गराउनु पर्ने विचार व्यक्त गरे । आफूले पुँजी बजारबारे 'आँ' गरेपनि बहस चल्न थाल्ने उल्लेख गर्दे जोखिम लिन सक्ने लगानीकर्ताले शेयर बजारमा र जोखिम लिन नसक्नेले ऋणपत्रहरुमा लगानी गर्नुपर्ने सुझाब समेत दिए ।

धेरै पढिएको