suv

गरिमा विकास बैंकको एकैदिन ४ शाखा उद्घाटन

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २५ शुक्रबार | प्रकाशित १५:४४:३४
गरिमा विकास बैंकको एकैदिन ४ शाखा उद्घाटन

गरिमा विकास बैंक लिमिटेडले बिहिबार एकैदिन ४ शाखाको उद्घाटन गरेको छ । बैंकले झापा र मोरङ्गका विभिन्न ४ शाखाको उद्घाटन गरेको हो । 

बैंकले झापाको विर्तामोड, बुधबारे र बनियानी तथा मोरङ्गको विराटचोक शाखाको उद्घाटन गरेको हो । विर्तामोड शाखाको उद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटी, बुधबारे शाखाको बुद्धशान्ति गांउपालिकाका अध्यक्ष रमेश कुमार भुजेल, बनियानी शाखाको कचनकवल गांउपालिकाका अध्यक्ष अन्जार आलम र विराटचोक शाखाको सुन्दर हरैचा नगरपालिकाका मेयर शिव ढकालले उद्घाटन गरे ।

बैंकले बुधबार मात्रै गरिमा दम्पति बचत खाता र गरिमा कर्मचारी बचत खाता समेत सञ्चालनमा ल्याएको छ ।