smart doko

कक्षा १० मा अध्ययनरत तीन विद्यार्थीले बनाए एउटै पंखाबाट उड्ने हवाइजहाज

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २५ शुक्रबार | प्रकाशित १८:२९:०६
कक्षा १० मा अध्ययनरत तीन विद्यार्थीले बनाए एउटै पंखाबाट उड्ने हवाइजहाज

काठमाडौं । कक्षा १० मा अध्ययनरत तीन विद्यार्थीहरुले एउटै पंखाबाट उड्ने नमुना हवाइजहाज बनाएका छन् । काठमाडौको टोखास्थित भुतखेलमा रहेको मनोहर उच्च माविका तीन जना विद्यार्थीले एउटै पंखाबाट उड्ने नमुना हवाइजहाज बनाएका हुन् ।

विद्यार्थीहरु सञ्जिव विक, सुर्वण घिमिरे र सविन लामाले उक्त नमुना हवाइजहाज बनाएका हुन् । उक्त जहाज बिहीबार विद्यालयको स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको छ ।

५ सय फिट हाइटसम्म उड्ने उक्त नमुना हवाइजहाजको एउटामात्रै पखेटा छ । साढे २ फिट लम्बाई रहेको नमुना हवाईजहाज रिमोटबाट कन्ट्रोल गर्न सकिन्छ । २५ हजार रुपैयाँका लागतमा निर्माण गरेका उक्त जहाज न्युटनको तेस्रो नियमा आधारित छ ।

 

धेरै पढिएको