smart doko

सूचना तथा प्रविधि सम्मेलन असार ३, ४ गते हुने

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २८ सोमबार | प्रकाशित १५:४५:०
सूचना तथा प्रविधि सम्मेलन असार ३, ४ गते हुने

कम्प्युटर एशोसिएशन नेपाल महासंघले अन्तराष्ट्रियस्तरको सूचना तथा संचार प्रविधि सम्मेलन गर्ने भएको छ । विगत वर्षहरुमा आईसीटी कन्फ्रेन्सलाई एक भागको रुपमा अगि बढाइरहेको क्यानले यो वर्षबाट अन्तराष्ट्रिय विज्ञ विशेषज्ञहरुको समेत सहभागिता गराएर छुट्टै कार्यक्रम अयोजना गर्न लागेको बताएको छ ।

स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नाराका साथ सुरु हुने आईसिटि सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकासका लक्ष्यमा सूचना प्रविधिको प्रयोगबाट सरकारले अहिलेसम्म गरेका प्रयासका विषयमा जानकारी दिने कार्यक्रम पनि रहेको क्यान महासंघका महासचिव रञ्जित पोदारले बताउनुभयो ।

त्यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार सूचना प्रविधिको प्रयोग र विस्तारसम्बन्धि विषयहरु कार्यान्वयका लागि चालिने कमदहरुका विषयमा पनि डा. खतिवडाले जानकारी दिने कार्यक्रम छ ।

सम्मेलनमा चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका बंगलादेश, दक्षिण कोरिया तथा यूएनडीपीका विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रममा सूचना प्रविधि विज्ञ, नेपाल सरकारका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि तथा सम्बन्धित क्षेत्रका अन्य विज्ञहरुसँग उच्च स्तरिय छलफल हुने समेत महासचिव पोदारले बताउनुभयो ।

साथै शहरी विकास मन्त्रालय अन्तर्गतको स्मार्ट सिटीको मास्टर प्लान बनाउने कार्यलाई प्रवर्धन गर्ने उद्देश्यले सूचना प्रविधिको क्षेत्रसँग सम्बन्धित योजना तर्जुमा गरी नेपाल सकारकारलाई प्रतिवेदन बुझाउने योजना समेत रहेको उहाँले बताउनुभयो । सम्मेलन यहि असार ३, ४ गते हुनेछ ।

धेरै पढिएको