चीनको यो बस्तीको अनौठो कथा, हलिउडको सेट होइन (१० फोटो)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २८ सोमबार | प्रकाशित १५:५६:१७
चीनको यो बस्तीको अनौठो कथा, हलिउडको सेट होइन (१० फोटो)

चीनको पूर्वमा अवस्थित झेजियांग प्रान्तमा छ, शेंगशान द्वीप । यस द्वीपमा हुटोवान नामको एक गाउँ छ, जहाँ अब केही व्यक्ति मात्र बाँकी छन् । यहाँ बोट, बिरुवा, घाँस यसरी आएको छ कि, त्यसले पुरा घर कब्जा गरेको छ ।

यसरी लहराले घेर्दै गएको घरहरु विचित्रको मात्र होइन, डरलाग्दो पनि देखिन थालिएको छ । यसलाई अहिले भुतहा बस्ती जस्तै भन्न थालिएको छ । यो ठाउँ यस्तो विचित्रको देखिन थालिएको छ, मानौ यो हलिउड फिल्मको सेट हो ।

समाचार एजेन्सी एएफपीका फोटो पत्रकार जोहानेस एजेले यस क्षेत्रको भ्रमण गरेका छन् र आकर्षक तस्विर खिचेका छन् । कुनैबेला ५ सय घरधुरी थियो, यो गाउँमा । त्यसबेला यहाँ बाक्लै चहलपहल हुन्थ्यो । गाउँको रौनक बेग्लै थियो । करिब दुई हजार बढी व्यक्तिहरु यहाँ बसोबास गर्थे ।

तर, मूख्य सडकबाट यो द्वीप यति टाढा छ कि, शिक्षा व्यवस्था र सामान लान ल्याउनमा निकै समस्या थियो । सन् १९९० को सुरुवातमा बसेको यो बस्तीका मानिसहरु सुख र सुविधा खोज्दै गाउँबाट हिँड्न थाले ।

यसरी क्रमस यो गाँउबाट मानिसहरु पलायन हुन थाले । १९९४ सम्म लगभग सबै परिवार यहाँबाट पलायन भइसकेका थिए । आज मुट्ठीभर व्यक्ति यहाँ बसोबास गर्छन् ।

तर पछिल्लो बर्षदेखि यहाँ प्रकृतिले यहाँको घरमा कब्जा जमाउन थाल्यो । घाँसपातले यस क्षेत्रका अधिकांश घरलाई ढाकिदियो । यसको नतिजा के निस्कियो भने, यो क्षेत्र अहिले पर्यटकस्थल जस्तै बनिदियो ।

बिबिसी हिन्दीबाट

fasttrack
धेरै पढिएको