smart doko

गृहमन्त्रीको एक्सनपछि प्रचण्डले भने, 'काम नगर्ने जसको घरबेटी भएपनि कारवाही हुन्छ'

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २९ मंगलवार | प्रकाशित ११:३५:१७
गृहमन्त्रीको एक्सनपछि प्रचण्डले भने, 'काम नगर्ने जसको घरबेटी भएपनि कारवाही हुन्छ'

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गृहमन्त्रीले चालेको कदमको प्रशंसा गरेका छन् । देशभर काम नगर्ने ठेकेदारहरुमाथि कारवाहीको अभियान चलाएर गृहमन्त्री रामबहादुर थापा 'बादल'को प्रसंशा गर्दै प्रचण्डले उहाँको कदम एक राम्रो भएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले लापरवाही गर्ने ठेकेदारहरुलाई कारवाही हुनुपर्नेमा जोड दिएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्ने बताए ।

तपाईको घरबेटीलाई कारवाही हुने कि नहुने भन्नै सञ्चारकर्मीको जिज्ञाशामा प्रचण्डले भने, 'मेरो घरबेटी भनेर हुँदैन् । काम नगर्ने जो कोहीलाई पनि कारवाहीमा पर्छ । घरबेटी र नघरबेटी भनेर चर्चा गर्न आवश्यक छैन । ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्छ । यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति छैन ।’

आफु जसको घरमा बसेको त्यो घरबेटीले पनि गल्ती गरेको रहेछ भने कारवाही हुनुपर्ने प्रचण्डको जोड थियो । प्रचण्डले आफ्ना घरबेटीलाई कारवाही नगर्न दवाव दिएको भन्ने कुरा बाहिर आएपछि प्रचण्डले आफुले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको स्पष्ट पारे ।

प्रचण्डका घरबेटी ठेकेदार शारदा अधिकारी शैलुङ कन्स्ट्रक्सनका मालिक हुन् । विभिन्न सडकको ठेक्का लिएर समयमै काम सम्पन्न नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले ठेकेदार अधिकारीमाथि कारवाही सिफारिस गरेको छ ।

धेरै पढिएको