ट्रम्प र किमद्धारा ऐतिहासिक वार्तापछि संयुक्त दस्तावेजमा हस्ताक्षर

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २९ मंगलवार | प्रकाशित ११:५२:५९
ट्रम्प र किमद्धारा ऐतिहासिक वार्तापछि संयुक्त दस्तावेजमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । सिंगापुरमा झण्डै ४५ मिनेट चलेको ऐतिहासिक वार्तापछि ट्रम्प र उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा राष्ट्रपति ट्रम्प र नेता उनले आफूहरु विगत विर्सन तयार रहेको बताए। वार्ता सकारात्मक भएको र निकै सुखद सम्बन्ध रहेको उनीहरुको भनाइ थियो ।

राष्ट्रपति ट्रम्प आजै अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा आइल्याण्डस्थित होटलमा भेटवार्ता भएको हो । संयुक्त दस्तावेज हस्ताक्षर गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियासँगको सम्वन्ध विगतभन्दा अर्को अवस्थामा पुगेको बताएका थिए । उत्तर कोरियाली नेता उनले ट्रम्पसँगको भेटपछि संसारले अब ठूलो परिवर्तन देख्ने बताएका थिए ।

 

fasttrack
धेरै पढिएको