smart doko

बुधबारदेखि एनएमबि बैंकको एफपीओ बिक्री खुला हुने

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २९ मंगलवार | प्रकाशित १३:०३:५२
बुधबारदेखि एनएमबि बैंकको एफपीओ बिक्री खुला हुने

काठमाडौं । एनएमबि बैंकले बुधबारदेखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर एफपीओ बिक्री गर्न लागेको हो । लगानीकर्ताले प्रतिकित्ता ३३३ रुपैयाँका दरले यो एफपीओमा आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५७ हजार ७० कित्तासम्म आवेदन दिन पाइनेछ । एनएमबिको एफपीओ असार ३ गतेसम्म भर्न मिल्नेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार २८ गतेसम्म भर्न पाउने व्यवस्था छ ।

यसमा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष हो । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्कासन गर्न लागेको हो ।

एनएमबिले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४१ करोड १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । एफपीओ बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँ पुग्नेछ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९ पैसा (वार्षिक) रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २१ पैसा छ ।

 

धेरै पढिएको