smart doko

यस्तो छ किम र ट्रम्पबीच भएको चार बुँदे सहमति (सहमतिसहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २९ मंगलवार | प्रकाशित १३:५२:४४
यस्तो छ किम र ट्रम्पबीच भएको चार बुँदे सहमति (सहमतिसहित)

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच ४ बुँदे सहमति भएको छ । सिंगापुरमा भएको दुई पक्षिय वार्तापछि  ४ बुँदे सहमति भएको हो । सहमति अनुसार अब उत्तर कोरियाले परमाणु निशस्त्रिकरण गर्ने छ ।

ट्रम्प र किमबिच सिंगापुरको सेन्तोसा आइल्याण्डमा भएको ऐतिहासिक वार्तामा भएको सहमतिलाई कोरियाली प्रायद्विपमा शान्ती स्थापनाका लागि सहमति जुटेको रुपमा हेरिएको छ ।

सहमतिपछि अब उत्तर कोरियाले सबै परमाणु हतियार नष्ट गर्नेछ । अमेरिकाले भने यसको बदलामा उत्तर कोरियालाई सुरक्षाको प्रत्याभूति दिलाउनेछ । यसअघिका ट्रम्पभन्दा ११ वटा अमेरिकी राष्ट्रपतिले उत्तर कोरियासँगको विवाद समाधान गर्ने प्रयास गरेका थिए । तर उनीहरु सबै असफल रहे ।

उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । अमेरिकी राष्ट्रपति ड्वाइट आइजनह्वार (१९५३० देखि बाराक ओबामा (२०१६) सम्मका ११ वटा राष्ट्रपति उत्तर कोरियासँगको विवाद समाधान गर्न असफल रहेका थिए ।

६ महिनादेखि सिंगापुर वार्ताको लागि प्रयास भईरहेको थियो । त्यो बीचमा कहिले काही उनीहरु वार्तामा बस्दैनन् कि भन्ने पनि लागिरहेको थियो । यो बीचमा किम सधै वार्ताको लागि जोड दिँदै आएका थिए भने ट्रम्पले एक पटक वार्ता रद्द गर्ने चेतावनी पनि दिएका थिए । उत्तर कोरियाले ३३ वर्षमा १५० मिसाईल तथा ६ परमाणु परिक्षण गरिसकेको छ । नेता किमले ७ वर्षको शासन कालमा ८९ मिसाइल तथा ६ परमाणु परिक्षण गरेका थिए ।

१) अमेरिका र दक्षिण कोरिया नयाँ कूटनीतिक सम्बन्ध स्थापनाका लागि प्रतिबद्धता व्यक्त गर्दछौँ । दुई देशका नागरिकको चाहना अनुसार अमेरिका–उत्तर कोरिया सम्बन्ध स्थापना हुनेछ र शान्ती तथा समृद्धिका लागि काम हुनेछ ।

२) कोरियाली प्रायद्विपमा स्थायी शान्ती स्थापनाका लागि अमेरिका र उत्तर कोरियाले संयुक्त प्रयास गर्ने छन् ।

३) गएको अप्रिल २७ मा पानमुजोममा भएको घोषणा अनुसार कोरियाली प्रायद्विपलाई परमाणु हतियार निशस्त्रिकरण गरिने छ ।

४) अमेरिका र उत्तर कोरिया एओडब्लु एमआइए लाई निरन्तरता दिइनेछ र सुधार पनि गरिनेछ ।

 

 

धेरै पढिएको