smart doko

'चि मुसी चि' को शिर्ष गीत रिलिज (भिडियोसहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २९ मंगलवार | प्रकाशित १५:०४:२५
'चि मुसी चि' को शिर्ष गीत रिलिज (भिडियोसहित)

काठमाडौं । नेपाली चलचित्र 'चि मुसी चि' को शिर्ष गीत रिलिज गरिएको छ । श्रावण ११ गते रिलिज हुने चलचित्र 'चि मुसी चि' को शीर्ष गति मंगलवार यूट्युब मार्फत रिलिज गरिएको हो ।

सन्तोष पोखरेलको शब्द र करणराज कार्कीको संगीत रहेको गीतमा सुजाता पाण्डेको स्वर रहेको छ । गीतको भिडियोमा नायिका नम्रता सापकोटाले नृत्य गरेकी छन् । भिडियोमा प्रमूख कलाकारहरु सुनिल क्षेत्री र अलिशा शर्मा साथै अर्का कलाकार शिवराज शर्मा पनि छन् । गीतको कोरियोग्राफर विक्रम स्वाँरले गरेका छन् ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका छन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।

धेरै पढिएको