smart doko

गोरेसहित तीन जनाको सम्पत्तिमाथि अनुसन्धान सुरु, विदेशको सम्पत्ति पनि ल्याईने

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २९ मंगलवार | प्रकाशित १६:२९:४०
गोरेसहित तीन जनाको सम्पत्तिमाथि अनुसन्धान सुरु, विदेशको सम्पत्ति पनि ल्याईने

काठमाडौं । ३३ किलो सुनसहित ३८ क्वीन्टल सुन काण्डका मुख्य तीन आरोपीमाथि थप अनुसन्धान सुरु भएको छ । मोरङ जिल्ला अदालतमा बयान दिएर थप अनुसन्धानको लागि काठमाडौं ल्याईएका चुडामणि उप्रेति गोरे, राप्रपा भुजुङ गुरुङ र छिरिङ वाङगेलमाथि थप अनुसन्धान सुरु भएको हो । उनीहरुमाथि सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको छानबिन सुरु गरेको हो ।

सुन तस्करीमा संलग्न अभियुक्तहरुलाई विभागमा झिकाएर सम्पत्ति छानबिन अनुसन्धान प्रक्रिया अघि बढाएको विभागका प्रवक्ता विनोद लामिछानेले जानकारी दिए । विभागले गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति छानबिनको क्रममा सफाइको मौका समेत दिने तयारी गरेको छ ।

अभियुक्तहरुलाई आवश्यक्ता अनुसार विभागमा झिकाएर सफाइको मौका दिइने प्रवक्ता लामिछानेको भनाई छ । उनीहरुमध्ये गुरुङ र वाङगेलले सुन तस्करीमा आफुहरुको संलग्नता नरहेको दाबी गर्दै आएका थिए ।

२०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ उनको साला नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निष्कर्ष निकाल्दै छानविन समितिले उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

उनीहरुले अवैध रुपमा कमाएको सम्पत्ति खोज्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रक्रिया अगाडि बढाएको छ । विभागले गोरेसहित भुजुङ र छिरिङको सम्पत्ति खोजी गर्न सम्पत्ति शुद्धीकरण निवाकरण ऐन, २०६४ को दफा (१५) बमोजिम छुट्टै समिति समेत गठन गर्ने भएको छ ।

विभागले सुन तस्करी प्रकरणका प्रतिवादीमाथि शुरु गरेको अनुसन्धानअन्तर्गत आफन्तको सम्पत्तिलाई समेत रोक्का राख्ने तथा नियन्त्रणमा लिन सक्नेछ । सम्पत्ति शुद्धीकरण निवाकरण ऐन अनुसार सम्पत्ति रोक्का राखी वा नियन्त्रणमा लिर्इ अनुसन्धान गर्ने अधिकार विभागलाई छ ।

सुन तस्करीका प्रतिवादीका आफन्तले तस्करीबाट आर्जिक सम्पत्तिबाट लाभ पाएको देखिएमा उनीहरूमाथि समेत कारवाही गरिने प्रवक्ता लामिछानेले बताए । त्यस्तै प्रतिवादीहरु तिनैजनाले तस्करीबाट आर्जन गरेको सम्पत्ति विदेशमा राखेको भए पनि नियन्त्रणमा लिइनेछ । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानका लागि झिकाएका गोरेसहितका तीनै अभियुक्तहरुलाई केन्द्रीय कारगारमा राखिएको छ ।

धेरै पढिएको