विश्वकपमा कस्की प्रेमिका कति राम्री ? (भिडियोसहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ २९ मंगलवार | प्रकाशित १९:३२:४०
विश्वकपमा कस्की प्रेमिका कति राम्री ? (भिडियोसहित)

१ स्पेनिस युवाका ड्रिम गर्ल

स्पेनिस भर्जनमा आयोजना भएको एक्स फ्याक्टरको सन् २००५ एडिसन जितेपछि इडुमी गार्सिया अल्माग्रो धेरै युवाको नजरमा ग्ल्यामरस युवतीको रुपमा परिन् । एक्सफ्याक्ट्मा जानु भन्दा अगाडी नै उनले स्पेनकै राम्रो पप गायिकाको रुपमा आफ्नो फेम कमाइसकेकी थिइन् ।

ग्ल्यामरको दुनियाँमा पहिचान बनाउदै गएकी गार्सियालाई स्पेन गट ट्यालेन्टको जजमा राखेपछि के चाहियो र । सन् २०१० मा स्पेनका गोलकिपर डेभिड डि गिया म्यानचेष्टर युनाईटेड स्थानान्तर हुने तरखरमा थिए । त्यो बेला एउटा सामाजिक सेवाको रुपमा गिती संग्रह निकाल्ने तयारी भएको थियो ।

उक्त तयारीको क्रममा स्पेनकी ट्यालेन्टेड गायिका एवं सेलिब्रेटी गार्सिया र डेभिडको पहिलो भेट भएको थियो । यो समाजिक सेवाको कामले दुबैलाई प्रेमको बन्धनमा बाँध्दै लग्यो । गार्सिया र डेभिडले आफ्नो प्रेमलाई टाढा टाढा फैलाउन छुट्टिको समयमा लामो यात्रामा विताउने गर्छन् । स्पेनिस युवाका ड्रिम गर्ल गार्सिया र स्पेनिश युवतीका हंक ब्वाईको रुपमा रहेका डेभिडको जोडीले मैदानबाहिर निकै चर्चा पाउने देखिन्छ ।

२ धनी बाउकी छोरी

‘उपर वाले देता हे तो छप्पर फारके देता हैं’ भन्ने हिन्दी भाषाको यो कहावत नाईजेरियाका फुटबलर मिखेल जोन ओबीलाई ठ्याक्कै मिल्दो छ । जोन ओबीको श्रीमती २९ बर्षिया ओल्गा एलिग्रा रसियाका एक धनाढ्य ब्यापारी डिकचेन्कोकी छोरी हुन् । डिकचेन्को को होला भन्ने तपाईलाई लाग्यो होला ।

डिकचेन्को ईंगलिस प्रिमियर लिग क्लव चेल्सीका मालिक रोमान अब्रामोभिचका बालकै देखिका साथी हुन् । बाल्यकाल देखिको साथीकी छोरीलाई भित्राएकै कारण जोन ओबीलाई अब्रामोभिचले चेल्सीमै राखेका छन् । बरु क्लवको गेम हेर्न लण्डन आईपुगे भने जोन ओबी र ओल्गालाई भेट्न उनीहरुको घरमै पुग्ने गर्छन् ।

ओल्गा र जोन ओबीको तर्फवाट जुम्ल्याहा बच्चा पनि भैसकेको छ । धनी बाउकी छोरी पट्याएकै कारण चेल्सीका सर्वाधिक लामो समय टिक्ने दोस्रो खेलाडी भएका जोन ओबीकी श्रीमतीको चर्चा आफ्नै देशमा हुने विश्वकपमा कसो नहोला । अहिले धेरैको चासो ओल्गालाई हेर्ने पनि रहेको छ ।

३ हृदयकी मलिका

पोचुगिज् फुटबलर क्रिष्टियानो रोनाल्डोको वारेमा कुनै किसिमको समाचार बनाउनु पर्यो र त्यो समाचारमा उनको प्रेमिकाको प्रसंग जोडिदियो भने त्यो समाचार पढ्ने, सुन्ने र हेर्ने दर्शकलाई सुनमा सुगन्ध छरेको जस्तो हुन्थ्यो ।

विश्वकप फुटबलको अन्तिम संघारमा रहेका रोनाल्डोलाई यो विश्वकप फुटबल खेलेर देखाउने बेला रहेको छ । उनको खेल हेर्न चाहने जति छन् त्यत्तिनै उनको ग्ल्यामर र उनको प्रेमीका हेर्ने पनि रहेका छन् ।

लाष्ट वल्र्डकपमा रसियन सुपरमोडल इरिना सायकलाई लगेका रोनाल्डोले यसपटक मोडल जर्जिना रुड्रीयुएजलाई लैजाने भएका छन् । सन् २०१७ देखि डिप लभमा परेका रोनाल्डो र जर्जिनावाट एक छोरी एलेना समेत भैसकेको छ । उता रोनाल्डोले पनि सरोगेट मदर (भाडाको कोख) मार्फत् तिन सन्तान जन्माइसकेका छन् ।

इरिनासंग खटपट भएकै समयमा इन्टरनेशनल फेसन ब्राण्ड डोल्का एण्ड गाबानाको भिआईपि पार्टीमा जर्जिना रोनाल्डोको फोकसमा परेकी थिईन् । सधै मोडल र ग्ल्यामरस फेम भएकी युवती पच्छाउने रोनाल्डोको नजरमा एक सेल्स गर्ल पर्नु आफैंमा अनौठो मानिएको थियो । तर रोनाल्डोले अहिले जर्जिनालाई ग्ल्यामरस लुक दिएका छन् ।

उनलाई रोनाल्डोले विभिन्न एवार्ड सेरोमनिहरुमा लैजाने गरेका छन् । करोडौं युवतीको धडकन बनेका रोनाल्डो र रोनाल्डोको दिलमा बस्न सक्ने जर्जिना यो विश्वकपमा धेरैको चासो बन्ने छिन् । किनकी लाष्ट वल्र्डकपमा रोनाल्डोले इरिना सायकलाई लगेका थिए भने पहिलो पटक जर्जिनालाई वल्र्डकपमा पहिलो पटक लैजादैछन् ।

४ ह्याण्डसमकी श्रीमती

क्याथी हुमेल्सलाई जर्मन टिमका खेलाडीहरु मध्येकी प्रेमिकाहरुमा सर्वाधिक आकर्षक मानिन्छ । किनकी उनले ह्याण्डसम फुटबलरलाई श्रीमान् जो बनाउन पाएकी छिन् । ६ फिट ४ ईन्च अग्ला म्याट्स हुमेल्सलाई यूरोपवाट प्रकाशित हुने धेरै ग्ल्यामर म्यागजिनहरुले ह्याण्डसम खेलाडीको रुपमा प्रस्तुत गर्ने गरेका छन् । सन् २०१५ मा म्युनिखमा परिवारीक जमघटमा हल्काफुल्का विवाह गरेका म्याट्स र क्याथीवाट गत जनवरीमा एक सन्तानको जन्म भएको थियो ।

म्याट्स र क्याथीको पहिलो भेट क्याथी चियरलिडर हुने बेलामा भएको थियो । क्याथी पछि टिभि प्रस्तोता बनिन् । अहिले बच्चा जन्माएपछि उनले मम्मी ब्लग संचालन गरेकी छिन् । यो ब्लग मार्फत् नयाँ आमाहरुलाई बच्चाको स्याहार सुसार कसरी गर्ने, के के गर्ने जस्ता कुराहरु सेयर गर्ने गर्छिन् । हेरौ उनलाई पनि यो विश्वकपमा कस्तो देखिन्छिन् भनेर ।

५ सोसल मिडिया मोडल

रसियन टिमका डिफेण्डर फोडोर कुद्रासोभकी श्रीमती एनास्तासिया कुद्रासोभालाई सोसल मिडिया मार्फत् धेरैले चिन्छन् । माइनस ४० डिग्रि सेल्सियस तापक्रम पुग्ने रसियाको काजानकी एनास्तासिया पेशाले मोडल हुन् । नास्था निक नेम भएकि दुई सन्तानकी आमा एनास्तासियाले सामाजिक संजालमा आफ्ना श्रीमान्ले जस्तै लाखौ फलोअर्स कमाएकी छिन् । बोल्ड फोटो अपलोड गर्ने एनास्तासिया आफ्नो होम ग्राउण्डमा श्रीमान्को पक्षमा कसरी चिच्चाउछिन् त्यो रसियनहरु हेर्न नै आतुर रहेका छन् ।

६ दामी किस दिने मिस बेल्जियम

सन् २०१६ मा भएको च्याम्पियन्स लिगमा एथलेटिको म्याड्रिडको तर्फवाट गोल गरेपछि यानिक कारास्कोले ८० हजार क्षमता रहेको दर्शक दिर्घामा गएर प्रेमिका नोईमि हापाराटलाई गरेको चुम्बनले उनले गरेको गोलले भन्दा बढी चर्चा पाएको थियो ।

यानिक र नोईमिको भेट एउटा बारमा भएको थियो । त्यो भेटमा यानिकले नोईमि कुन ब्याकग्राउण्डको हो भनेर चिनेका थिएनन् भने नोईमिलाई पनि यो ह्याण्डसम केटा के गर्छ भन्ने थाहा नै थिएन । तर त्यसपछिको भेटमा बल्ल नोईमिले थाहा पाईन् ति केटा त यूरोपकै बेष्ट फुटबलर पो रहेछन् भनेर । यस्तै यानिकले पनि थाहा त्यत्तिको ग्ल्यामरस गर्ल त दामी मोडल पो रहेछ भनेर । यो कुरा थाहा पाएपछि उनीहरुको प्रेम फेसबुक मार्फत् बढ्दै गयो ।

सन् २०१३ मा नोईमिले मिस बेल्जियमको क्राउन पाएपछि उनी केबल बेल्जियकी मात्र सुन्दरी नभएर धेरै खेलाडीहरुका प्रेमीका मध्येकी सुन्दरी समेत भईन् । अहिले नोईमि मोडलिंगको अतिरिक्त स्पिच थेरापी पनि गर्छिन् । यो विश्वकपमा उनको हाउभाउ धेरैले हेर्न पाउने भएका छन् ।

७ नेयमरकी ब्रुना

ब्राजिलियन टिमका मात्र नभएर विश्वकै चर्चित खेलाडीको रुपमा रहेका नेयमरको प्रेमिकाको चर्चा यो विश्वकपमा नहोला भनेर कसैले सोच्न पनि सक्दैन । चोटको कारण मैदानवाट टाढा रहेका नेयमर विश्वकपको मैदानमा भने फर्किने भएका छन् ।

उनको मैदानमा भएको फिर्तिसंगै उनको प्रेमिकाको चर्चा पनि ह्वात्तै बढ्न थालेको छ । नेयमरकी २२ बर्षिया प्रेमिका ब्रुना माक्र्वीजिन ब्राजिलकै चर्चित अभिनेत्री हुन् । नेयमर र ब्रुनाको भेट ६ बर्ष अगाडी ब्राजिलमा आयोजना भएको रियो कार्निभलमा भएको थियो । यो भेट मित्रता हुदैं प्रेममा परिणत भएको थियो ।

सानो उमेर देखिनै कलाकारीताको क्षेत्रमा लागेकी ब्रुनाको इन्ष्टाग्राममा मात्र २ करोड ८० लाख फलोअर्स रहेका छन् । ल भन्नुस् त अब नेयमरको आम्दानी र ब्रुनाको फलोअर्सले यो विश्वकपमा उनको चर्चालाई कहाँ पुर्‍याउने हो ।

८ भिक्टोरियावाट प्रभावित प्रेमिका

ब्राजिलकी लारिसा पेरेरिरालाई फुटबलरको प्रेमिकाहरुको दुनियाँमा डेभिड बेकह्यामकी श्रीमती भिक्टोरिया बेकह्यामसंग तुलना गर्छन् । लिभरपुरवाट प्रोफेसनल फुटबल खेल्ने ब्राजिलियन रोबर्टो र्फिमिनोकी श्रीमती लारिसाले आफ्नै फेसन ब्राण्ड बिभालेन संचालन गरेकी छिन् ।

फेसनको प्रचार प्रसार गर्न उनी इन्ष्टाग्राममा आफ्नो स्लिम शरीरका फोटोहरुलाई अपलोड गरिरहन्छिन् । विगत चार बर्ष देखि साथै रहेका लारिसा र रोबर्टोले सन् २०१७ मा लिभरपुलका साथीहरुलाई बोलाएर भब्य विवाह पार्टीको आयोजना गरेका थिए । अहिले लारिसा र रोबर्टोको दुई सन्तान पनि रहेका छन् ।

fasttrack
धेरै पढिएको