smart doko

अब एक महिना भित्रै स्मार्ट लाइसेन्स पाइने

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित ०८:१७:३७
अब एक महिना भित्रै स्मार्ट लाइसेन्स पाइने

काठमाडौं

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अव हट्ने भएको छ । यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै अब चालक अनुमतिपत्र लिनको लागि महिनौं कुर्नुपर्ने बाध्यता हट्ने भएको हो ।

विभागसँग पाँच वटा मात्र छपाई मेसिन हुँदा माग बमोजिम छपाई गर्न सकिएको थिएन । तर चारवटा आधुनिक प्राविधि सहितको प्रिन्टर मेसिन सञ्चालनमा आएपछि अब दैनिक रुपमा पाँच हजार स्मार्ट कार्ड छपाई हुने भएको छ । हाल दैनिक चार हजार देखि ४ हजार ५ सय वटा सम्म स्मार्ट लाइसेन्सको माग हुने गरेको छ ।

नौ वटा छपाई मेसिन सञ्चालनमा आएपछि अबको दुई महिनापछि सेवाग्राहीहरुले एक महिना भित्र नै स्मार्ट लाइसेन्स प्राप्त गर्न सक्ने यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए । उनले हाल नविकरण सहित दैनिक चार हजार देखि ४ हजार ५ सय सम्मको माग रहेको बताउदै छाप्न बाँकी करिब २ लाख भन्दा बढी सवारी अनुपतिपत्रको काम दुई महिना भित्र सम्पन्न हुने बताए ।

प्रवक्ता अर्यालले ,– ‘विभागले बिहान ६ बजे देखि बेलुकी ८ बजे सम्म स्मार्ट लाइसेन्स छाप्ने काम गर्दै आएको छ, सेवाग्राहीहरुलाई सहज र छिटोछरितो ढंगले सेवा प्रवाह गर्ने कार्यमा लागिरहेको छौं ।’ अहिलेको अवस्था अनुसारको माग रहे सेवाग्राहीले एक महिना कुर्नुपर्ने अवस्था पनि हटन सक्ने बताउदै उनले स्मार्ट लाइसेन्स लिनको लागि महिनौ कुर्नु पर्ने बाध्यता हट्ने दावी गरे ।
नेपाल समाचारपत्रबाट

धेरै पढिएको