suv

संविधान संशोधनको तयारीमा सरकार

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित ०८:५६:४३
संविधान संशोधनको तयारीमा सरकार

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधान संशोधनको तयारी थालेको छ । यसका लागि (नेकपा) का शीर्ष नेता आफैंले संवाद अघि बढाएका छन् । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग बमोजिम सरकारले संशोधनको तयारी सुरु गरेको हो ।

राजपा नेपाल र फोरम नेपालले प्रस्तुत गरेको ११ बुँदे संविधान संशोधन माग मध्ये दुईवटा मागमा मात्र संशोधन गर्न सरकार तयार भएको बालुवाटार स्रोतले जनाएको छ । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोसँग (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनको प्रक्रिया अघि बढाउने विषयमा पटकपटक छलफल गरेका छन् ।

नागरिकता र भाषाको विषयमा संविधान संशोधन गर्न सरकार तयार भएको राजपा नेपालका एक नेताले जानकारी दिए । ‘अरूअरू विषयमा छलफल हुँदै गर्छन्, तत्काल यी दुईवटा विषयमा छलफल गरी टुंगो लगाउन सरकार सहमत भएको छ,’ ती नेताले भने ।

भाषा आयोगको सिफारिसमा सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गर्ने र त्यसलाई संविधानको अनुसूचीमा थप गरेर भाषालाई सम्बोधन गर्नुपर्ने राजपा र फोरम नेपालको माग छ । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि नेपालको वैवाहिक अंगीकृत नागरिकता लिन सक्ने व्यवस्था गरी नागरिकता विवाद सम्बोधन गर्नेगरी सहमति भएको छ ।
राजधानीबाट