smart doko

यस्तो छ, ट्रम्प र किमले गरेको ४ बुँदे सहमति (भिडियोसहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित ०९:३७:३५
यस्तो छ, ट्रम्प र किमले गरेको ४ बुँदे सहमति (भिडियोसहित)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीचको ऐतिहासिक वार्तामा चार बुँदे सहमति भएको छ । सिंगापुरमा रहेको होटलमा यी दुई नेताहरुको ४० मिनेट लामो भेटवार्ता पछि सहमति भएको हो । यी दुईले परमाणु हतियार निशस्त्रिकरण प्रक्रिया पूरा गर्ने सहमति गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

दुवै जनाबीच अनुवादक मात्र राखेर एक्लाएक्लै गरिएको सो वार्ता निकै सकारात्मक रुपमा सम्पन्न भएको अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् । वार्तापछि राष्ट्रपति ट्रम्पले भने – मलाई सोध्नुहुन्छ भने वार्तामा एकदम राम्रो प्रगति भएको छ, यस वार्ताले हामीलाई एकदम सफलता दिनेछ । मङ्गलबार बिहानको छोटो वार्तापछि सम्वाददातालाई प्रतिक्रिया दिँदै उनले वार्तामा निकै धेरै प्रगति भएको छ, यसले हामीलाई भोलिका लागि पनि सकारात्मक वातावरण निर्माण गरेको छ ।

वार्तामा प्रवेश गर्नुअघि पनि उनी पत्रकारहरूसँग आशावादी देखिएका थिए । त्यस समयमा संक्षिप्त कुरागर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग अहिलेसम्म नभएको सम्बन्धको विकास हुनेछ भनेका थिए । वार्ताका लागि एक स्थानीय होटलमा प्रवेश गर्नुअघि उनीहरुले होटल बाहिरै हात मिलाएका थिए । यसरी हात मिलाएपछि विश्वका सञ्चारमाध्यमहरुले अमेरिकाको बहालवाला राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो पटक ऐतिहासिक भेट भएको भनेर प्रचार सुरु गरेका थिए ।

वार्तामा बस्नुअघि उत्तर कोरियाली नेताले भनेका थिए – यस वार्ताका लागि सिङ्गापुरसम्म आइपुग्न सजिलो थिएन, कैयौँ अप्ठ्याराहरू थिए तर हामी आयौँ । सिङ्गापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले एक अर्कासँग हात मिलाएर हाँसेका थिए ।

उनीहरुले हात मिलाउने स्थानमा अमेरिका र उत्तर कोरियाको झण्डा राखिएको थियो । राष्ट्रपति ट्रम्प अमेरिकाको झण्डा भएतिर गए र नेता किम उत्तर कोरियाको झण्डा भएको स्थानमा पुगे । आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु उभिएर पहिला हात मिलाए, एक अर्काको पिठ्यूँमा धाप मारे र सञ्चारका लागि फोटो खिच्न केही सेकेन्ड उभिए । त्यसपछि सोही स्थानमा उभिएका आ–आफ्ना अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरेर र एक्लाएक्लै वार्ताका लागि होटलको अर्कै कक्षमा प्रवेश गरे ।

उनीहरु वार्ता कक्षमा प्रवेश गर्दासम्म नै टेलिभिजन र अखबारका क्यामेराले पछ्याइ नै रहेका थिए । फोटो लिनका लागि त्यहाँ सयौँ क्यामेरा पुगेका थिए । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुने भनिएको यस वार्ताको यस महत्वपूर्ण घटनाका लागि विश्वका सञ्चारमाध्यमहरुले निकै पहिल्यै देखि नै समाचार सम्प्रेषण गरिरहेका थिए । अहिले पनि सिङ्गापुरमा विश्वका हजारौँ पत्रकार उपस्थित भएका छन् ।

सञ्चारकर्मीले किमलाई अमेरिका बोलाउनु हुन्छ कि हुँदैन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘पक्कै पनि, हामी बोलाउने छौँ ।’ ट्रम्पले आफूहरुबीच फेरि भेटवार्ता हुने बताए । ट्रम्पले उत्तर कोरियाको परमाणु निशस्त्रिकरण प्रक्रिया निकै चाँडै सुरु हुने पनि बताए । यो वार्ताबाट ऐतिहासिक सफलता हाँसिल भएको ट्रम्पले बताए । उत्तर कोरियाका नेता किमले ट्रान्सलेटरको सहायतमा भने, ‘हामीले विगतलाई पछाडि नै छोड्ने सहमति गरेका छौँ ।’ उनले अघि भने, ‘विश्वले ठूलो परिवर्तन देख्नेछ ।’

यस्ता छन् ४ बुँदा

१) अमेरिका र दक्षिण कोरिया नयाँ कूटनीतिक सम्बन्ध स्थापनाका लागि प्रतिबद्धता व्यक्त गर्दछौँ । दुई देशका नागरिकको चाहना अनुसार अमेरिका–उत्तर कोरिया सम्बन्ध स्थापना हुने छ र शान्ती तथा समृद्धिका लागि काम हुनेछ ।

२) कोरियाली प्रायद्विपमा स्थायी शान्ती स्थापनाका लागि अमेरिका र उत्तर कोरियाले संयुक्त प्रयास गर्ने छन् ।

३) गएको अप्रिल २७ मा पानमुजोममा भएको घोषणा अनुसार कोरियाली प्रायद्विपलाई परमाणु हतियार निशस्त्रिकरण गरिने छ ।

४) अमेरिका र उत्तर कोरिया एओडब्लु एमआइए लाई निरन्तरता दिइने छ र सुधार पनि गरिनेछ ।

 

धेरै पढिएको