smart doko

टिपरको ठक्करबाट एक महिलाको मृत्यु, आक्रोशितले टिपर जलाए (भिडियोसहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित १३:१४:४४
टिपरको ठक्करबाट एक महिलाको मृत्यु, आक्रोशितले टिपर जलाए (भिडियोसहित)

काठमाडौं । काठमाडौंमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जडीबुटीमा बा ४ ख ३५५८ नम्बरको टिपरले बा ७० प ९३९९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा कांभ्रेकी अस्मिता भण्डारीको घटनास्थलमै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता डिएसपी नवीन राईले जानकारी दिए।

आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गरेका छन्। स्थानीयले टिपरमा आगजनी गरेपछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा पेप्सिकोला, कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् । ट्राफिक प्रहरीले वैकल्पिक रुटको प्रयोग गर्न अनुरोध गरेको छ।

धेरै पढिएको