सौन्दर्य प्रतियोगितामा किन ‘बिकिनी राउन्ड’ ?

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित १४:३६:५०
सौन्दर्य प्रतियोगितामा किन ‘बिकिनी राउन्ड’ ?

अमेरिकाको सर्वाधिक आकर्षक युवती छनौट गर्ने प्रतियोगिता ‘मिस अमेरिका’मा अब विकिनी राउन्ड हुनेछैन । आयोजकले भनेको छ कि, अब प्रतियोगितामा सहभागी हुने मोडललाई शारीरिक सुन्दरताको आधारमा मापन गरिनेछैन ।

प्रतियोगितामा भाग लिने युवती विकिनी राउन्डमा कपडाको दुई हिस्सामा बनेको टु पिस विकिनी लगाएर र्‍याम्पमा हिँड्ने गर्छन् । त्यही आधारमा उनीहरुको सौन्दर्य आँक्ने गरिन्छ ।

पछिल्लो बर्ष मिस अमेरिकाको बोर्डमा रहेका पुरुष सदस्यको केही इमेल लिक भएको थियो । त्यसबाट थाहा भयो कि, प्रतियोगितामा भाग लिने मोडलको बारेमा भद्दा टिप्पणी गरिने रहेछ । त्यसपछि उनलाई बोर्डबाट हटाइयो ।

मिस अमेरिकाको बोर्डमा केवल महिला मात्र छन् । बोर्डका अध्यक्ष सन् १९८९ की बिजेता ग्रेचन कार्लसनले यो घोषणा गर्दै भनिन् कि, अब प्रतियोगीको क्षमता, रुची र लक्ष्यको आधारमा जाँच गरिनेछ ।

यो सौन्दर्य प्रतियोगिताको लक्ष्य त सुन्दरता आँक्नु हो । तब बिकिनी राउन्डमा किन यति असहजता ? जब फेमिना पत्रिकाले सन् १९६४ मा पहिलो मिस इन्डिया प्रतियोगिता आयोजना गर्‍यो, तब पनि स्विमसुट राउन्ड थियो । फरक के मात्र थियो भने स्विमसूट टु पिसको ठाउँमा एक कपडा हुन्थ्यो । र त्यसले शरीरलाई बढी ढाकछोप गरेको हुन्थ्यो ।

जब सुष्मिता सेन र ऐश्वर्य रायले सन् १९९४ मा यो प्रतियोगिता जिते, तब भारतमा स्विमसुटको रुप बदलिएकै थिएन । किनभने सौन्दर्य प्रतियोगिताको रौनक बढी देखाउनुमा पनि थियो ।

मोडललाई यस्तो छोटो पहिरनमा यस्तो औपचारिक कार्यक्रममा देखिनु अहिले सामान्य महसुष हुन्छ । तर सन् १९८० र ९० को दशकमा जब केबल टेलिभिजन हाम्रो ड्राइंग रुपमा पुगेकै थिएन, यो खास कुरा थियो ।

केटाका लागि मात्र होइन । केटीका लागि पनि यो एक यस्तो दुनिया थियो, जो आमरुपमा बन्द रहन्थ्यो । समयको साथ बजारको स्वरुप फेरियो । महिलाको सुन्दरता उनको अनुहारदेखि शरीरको आकारसम्म जोडियो । र सौन्दर्य प्रतियोगिता त्यही बद्लावको प्रतीक बन्यो ।

स्टेजमा सैयौ मानिस जम्मा भएर र टेलिभिनज स्क्रीनमा करोडौं दर्शकको सामुन्ने स्विमसुटमा गरिने यस्तो वाकबाट सुन्दर शरीरको मापदण्ड तय गर्न थालियो । स्विमसुट स्वयम् एक कपडाबाट फाटेर दुई टुक्रा भएको छ । बहस छेडिएको छ कि, युवतीको शरीरको यो प्रदर्शन एक बस्तुलाई जस्तै हेर्ने चलनलाई बढाव दिन्छ ।

यो परिवर्तन सन् २००० को दशकदेखि सौन्दर्य प्रतियोगितामा मात्र होइन, मूलधारको मिडियामा पनि सामान्य भयो । अब कम कपडामा एक विशेष किसिमको शरीरको आकारयुक्त युवती सामान्य रुपमा फिल्म र म्युजिक भिडियोमा देख्न सकिन्छ । मिस इन्डिया पनि सामान्य भएको छ । अरु सौन्दर्य प्रतियोगिता पनि त्यस्तै भएको छ, जस्तो मिसेस इन्डिया, मिस डिभा, मिस सुपरमोडल ।

एक किसिमको शरीर अरु बढी लोकप्रिय भएको छ । र, युवतीलाई उनीहरुको शरीरको आकारप्रकारबाट मापन गर्न थालिएको छ । यसरी सामान्य हुँदै गएको विकिनी राउन्ड किन बन्द गरियो ।

सन् २०१४ मा मिस वल्र्डमा यो राउन्ड हटाइयो । त्यसको दुई बर्षपछि मिस इन्डिया प्रतियोगिताबाट पनि । अब यसपाली मि टु अभियानपछि अमेरिकामा छेडिएको ताजा बहसपछि मिस अमेरिकामा पनि परिवर्तन आएको छ । तर यसले के फरक पार्छ त ? स्विमसुट राउन्डको त्यो झ्याल अब ठूलो भएर ढोका बन्यो ? एक ढोका होइन, केही ढोका भयो । युवतीको सौन्दर्यलाई सौन्दर्य प्रतियोगितामा चाहे उनीहरुको शरीरको आकारबाट नआँके पनि आम जिन्दगीमा त्यसको मूल्य रहन्छ । 

प्रश्नको सुई त घुम्दैफिर्दै हामीमाथि नै तेर्सिने हो । विकिनि राउन्ड बिना पनि ब्युटी कन्टेस्ट हेरिन्छ ? महिलाको सौ्रन्दर्य उनको शरीरको आकारबाट मापन गर्ने बन्द हुन्छ ?
बिबिसी हिन्दी

fasttrack
धेरै पढिएको