smart doko

३८ क्वीन्टल सुनकाण्डमा बाजेको सेकुवामा छापा, सबै पसलमा शिलबन्दी

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित १५:०५:४२
३८ क्वीन्टल सुनकाण्डमा बाजेको सेकुवामा छापा, सबै पसलमा शिलबन्दी

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा बाजेको सेकुवा रेस्टुरेन्टमा प्रहरीले छापा मारेको छ । उक्त सुनकाण्डको अनुसन्धान गरिरहेको अनुसन्धान समितिले काठमाडौं उपत्यकाको विभिन्न ६ वटा आउटलेटमा छापा मारेको हो ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले बुधबार दिउँसो बाजेको सेकुवामा छापा हानेको हो । सुन तस्करीका एक अभियुक्त चेतनाथ भण्डारी र उनको परिवारले सञ्चालन गरेका ६ वटै आउटलेटमा शिल गरेको छ । रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो ।

सुन तस्करीमा संलग्न भएको आरोपमा भण्डारी सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का भइसकेको छ । यसअघि अनुसन्धान समितिले सुनका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालको घर र अर्का प्रतिवादी राजेन्द्र शाक्यको आरके ज्वलर्समा छापा मारेको थियो ।

धेरै पढिएको