वरिष्ठ कलाकार थापाको अन्तेष्टि, छोरीले दिईन् दागबत्ती (भिडियोसहित)

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित १५:४२:२९
वरिष्ठ कलाकार थापाको अन्तेष्टि, छोरीले दिईन् दागबत्ती (भिडियोसहित)

काठमाडौं । वरिष्ठ कलाकार भीमबहादुर थापाको अन्त्येष्टि गरिएको छ । ९३ औं वर्षका उमेरमा आज बिहान २ बजे निधन भएका थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट ग्रसित थापाको घरमा नै निधन भएको थियो । थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गरेका थिए । उनले दुई वर्ष बेलायती सेनामा काम गरेपछि नेपाली सेनामा समेत काम गरेका थिए ।

उनलाई अन्तिम श्रद्धाञ्जलि दिन वसुन्धरा भुसाल, दीपाश्री निरौलालगायत कलाकार आर्यघाटमा पुगेका थिए । थापाका १ छोरा र २ छोरी रहेका छन् । उनका छोरा अमेरिकामा रहेकाले थापालाई जेठी छोरीले दागवत्ती दिएकी थिइन् ।

fasttrack
धेरै पढिएको