२०२६ को विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्ने

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित १७:१८:११
२०२६ को विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्ने

काठमाडौं । सन् २०२६ को २३ औँ संस्करणको विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएको छ । रसियामा बसेको विश्व फुटबल महासंघ (फिफा) को बैठकले तीन उत्तर अमेरिकी राष्ट्रहरु अमेरिका, क्यानडा र मेक्सिकोलाई संयुक्त रुपमा आयोजना गर्न अनुमति दिएको हो ।

युनाइटेड र मोरोक्कोले सन् २०२६ को विश्वकप आयोजनाका लागि आ-आफ्नो दाबेदारी पेश गरेका थिए। तर, फिफाको सदस्य राष्ट्रहरुले दिएको भोटमध्ये युनाइटेडले ६७ तथा मोरोक्कोले ३३ प्रतिशत भोट प्राप्त गरेको थियो। प्रतियोगितामा हुने ८० खेल मध्ये ६० खेल अमेरिकामा हुनेछ।

१० खेल क्यानडा र १० खेल मेक्सिकोले आयोजना गर्नेछन्। फुटबल इतिहासमा २०२६ को विश्वकप पहिलो पटक तीन देशले आयोजना गर्ने भएको हो ।

 

fasttrack
धेरै पढिएको