श्रीमतीसँग शारीरिक सम्पर्क राख्दा बलात्कारको मुद्दा, ३ वर्ष जेल सजाय

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ जेष्ठ ३० बुधबार | प्रकाशित १७:४९:१२
श्रीमतीसँग शारीरिक सम्पर्क राख्दा बलात्कारको मुद्दा, ३ वर्ष जेल सजाय

ताप्लेजुङ । आफ्नै श्रीमतीलाई जवर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई तीन वर्ष कैद सजाय सुनाईएको छ । जिल्ला अदालत ताप्लेजुङले फुङलिङ नगरपालिका घर भइ अहिले फक्ताङ्लुङ गाउँपालिका बस्दै आएका एक श्रीमानलाई तीन बर्ष कैद सजाय सुनाएको हो ।

पीडक श्रीमानले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएकोले उनको अंश बण्डाबाट जायजेथा नजुटे पीडितलाई सरकारबाट ५० हजार क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ ।

पीडकको नाम खोल्दा पीडित समेतलाई असर पर्ने भन्दै अदालतले दुबैको नाम गोप्य राखेको जिल्ला अदालतले गरेको श्रेस्तेदार गोपालप्रसाद थापाले जानकारी दिए। २०७१ साल साउन ३० गते आफुमाथि बलात्कार भएको भन्दै श्रीमतीले श्रीमानविरुद्ध मुद्दा दायर गरेकी थिईन् ।

जाहेरी परेको ४ बर्षपछि जिल्ला अदालतले पीडक बिरुद्ध २०७५ साल जेठ ३० गते कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको हो। जाहेरीमा पीडितले श्रीमानले कान्छी श्रीमती लिएर भागेको र केहि सयमपछि फर्केर आफुमाथि जवर्जस्ती करणी गरेको उल्लेख गरेकी थिईन्।

 

fasttrack
धेरै पढिएको